Logo

२०८३, कार्तिक २६गते


images
images

प्रतिष्ठानको लापरवाहीले शिशुको ज्यान जोखिममा परेको आरोप

प्रतिष्ठानको लापरवाहीले शिशुको ज्यान जोखिममा परेको आरोप

images
  • प्रतिष्ठानको लापरवाहीले शिशुको ज्यान जोखिममा परेको आरोप
    images

    राजेश  पराजुली, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाहीका कारण शिशुको ज्यान जोखिममा परेको भन्दै सोमबार पीडित परिवारले प्रशासन गुहारेका छन् ।असार २८ गते सुत्केरी गराउन ल्याएकी पोखरा १७ कि मोगादेवी पोखरेलकी नवजात शिशुलाई ४ दिनसम्म भेन्टिलेटरमा राखिएको र अवस्थाबारे जानकारी नदिइएको भन्दै उनका परिवारले सोमबार प्रतिष्ठान प्रमुख भरत खत्रीलाई भेटेर उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्न माग गरेका हुन् ।

    images
    images
    images

    ९ महिनासम्म नियमित चेकजाँच गरेको र सुत्केरी हुनेबेलासम्म स्वस्थ अवस्था रहे पनि डेलिभरीको समयमा गल्ती गर्दा शिशुको मृत्यु भइसकेको आशंका परिवारको छ ।

    images
    images
    images

    ‘बच्चा जन्मिनुभन्दा केही मिनेटअगाडिसम्म सबै ठिक छ । बच्चाको हर्टबिट १३० छ भनेर भने । तर, जन्मिँदा पूरै निलो थियो,’ मोगादेवीका श्रीमान रमेश पौडेलले भने, ‘त्यसपछि भेन्टिलेटरमा लगेर अहिलेसम्म हामीलाई जानकारी दिएका छैनन् परिवारका अनुसार मोगादेवीलाई सुत्केरीका लागि असार २६ गते समय दिइएको थियो ।

    images
    images

    उक्त दिन अस्पताल पुगेर परीक्षण गर्दा ड्युटीमा रहेका चिकित्सकले डेलिभरी गर्ने समय नभएको भन्दै फेरि ५ दिनपछि आउनू भन्दै घर फर्काएको उनीहरुले बताए ।‘तर, घर फर्किएको २ दिनमै गाह्रो हुन थाल्छ र हतारमै अस्पताल ल्यायौं, त्यतिबेलासम्म सबै ठिक थियो,’ श्रीमान पौडेलले भने ।

    अस्पताल भर्ना भएको २४ घन्टापछि असार २९ गते पौने १० बजे मोगादेवीले छोरी जन्म दिएको तर, जन्मिँदा नै अचेत अवस्थामा रहेको दाबी परिवारको छ ।उनीहरुले शिशुको अवस्थाबारे जानकारी लिन खोज्दा आफूहरुमाथि दुव्र्यवहार भएकोसमेत आरोप लगाएका छन् ।

    प्रतिष्ठान प्रमुख भरत खत्रीले बच्चाको अवस्था क्रिटिकल रहेको र बाँकी घटनाबारे छानविन हुने जानकारी दिए । धेरै संख्यामा उपचारका लागि आउँदा केहीमा ‘दुर्घटना’ हुन सक्ने उनको जवाफ छ ।‘कहिलेकाहीं यस्तो घटना घट्छ । तर, हामी पनि यसबारे छानविन गछौं । गल्ती प्रमाणित भए कारवाही हुन्छ,’ उनले भने ।

    गण्डकी अस्पतालमा जेठ २९ गतेमात्रै सुत्केरी गराउने क्रममा आमा र शिशु दुवैको ज्यान गएको थियो ।तनहुँदेखि सुत्केरी गराउन आएका आमा र शिशु दुवैको मृत्यु भएपछि अस्पताल परिशरमा तनाव उत्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिशु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।