Logo

२०८३, कार्तिक २६गते


images
images

आयल निगमको १० हजार किलोलिटरको डिजेल भण्डारण गृह पोखरामा तयार

आयल निगमको १० हजार किलोलिटरको डिजेल भण्डारण गृह पोखरामा तयार

images
  • आयल निगमको १० हजार किलोलिटरको डिजेल भण्डारण गृह पोखरामा तयार
    images

    राजेश  पराजुली, पोखरा । पोखरामा नेपाल आयल निगमले १० हजार किलोलिटरको डिजेल भण्डारण गृह तयार गरेको छ ।

    images
    images
    images

    सोमबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निगमको गण्डकी प्रादेशिक कार्यालय पोखरामा पेट्रोलियम पदार्थको भण्डारण वृद्धि परियोजनाअन्तर्गत नव निर्मित १० हजार किलोलिटर डिजलको भण्डारण गृह तथा अग्नि सुरक्षा संयन्त्र निर्माणको समुद्घाटन गरेका थिए । निगमले ३ वर्ष अघि शुरु गरेको भण्डारण गृह निर्माणकार्य करिब  एक अर्ब रुपैयाँको लागतमा सम्पन्न भएको हो ।

    images
    images
    images

    निर्माण सम्पन्न भएसँगै अब गण्डकी प्रदेशमा डिजेल भण्डारण क्षमता एक महिनालाई धान्न पुग्ने भएको छ । भण्डार गृहमा ५० लाख लिटरका दुई वटा डिजेलका ट्याङ्की तयार भएका छन् भने सम्भावित आपतकालका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको छ । उक्त ट्याङ्कको निर्माण व्यवसायी समानान्तार-रेलिगियर-भारत ट्यांकस जोइन्ट भेन्चरले गरेको हो ।

    images
    images

    कार्यक्रममा बोल्दै निगमका कार्यकारी निर्देशक उमेश थानीले झापामा क्रस बोर्डर पाइप लाइन, अमलेखगन्जदेखि चितवनको लोथरसम्म आन्तरिक पेट्रोलियम पाइललाइन निर्माण तथा विभिन्न स्थानमा डिपो बनाउने योजनाहरु पनि सार्वजनिक गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।