Logo

२०८३, आश्विन ९गते


images
images

सेतोमसी साहित्य

कविता : चिता 

कविता : चिता 

images
  • सेतोमसी सहकर्मी
  • कविता : चिता 
    images
    images

    नामर्द चिता !

    images
    images
    images

    कति डढाउँछस निरिह मुर्दा

    images
    images
    images

    जो मट्टीसमान छ

    images
    images
    images

    जसले केही बिगार गर्दैन

    जसले छलछाम गर्दैन

    जसले घातप्रतिघात जान्दैन

    जसले बाँच्न चाहनेलाई जिउँदै मार्दैन ।

     

    ए चिता !

    मट्टीलाई मट्टीमै मिलाएर

    कति फुलाउँछस् ढुकुरे छाती

    कति बनाउँछस् घिरौँले नाक

    कति देखाउँछस् पुरुषार्थ

    कति बिछ्याउँछस् दम्भका तन्ना!

     

    ए चिता !

    म पत्याउँछु तँलाई त्यति बेला

    जति बेला तँ मुर्दा छाडेर जलाउँछस् जिउँदा जब्बर

    जति बेला जलाउँछस् बेथिति र भ्रष्टाचारका महल

    जति बेला जलाउँछस् सामन्तवादका करङ

    विभेद र निरङ्कुशताका बादसाह

    सत्ताका साँढे

    न्यायालयका नरपशु ।

     

    ए चिता !

    आतङ्क जिउँदाबाटै

    कुटपाट जिउँदाबाटै

    लुटपाट जिउँदाबाटै

    हत्याहिंसा, बलात्कार जिउँदाबाटै

    बेइमान,भ्रष्टाचार जिउँदाबाटै

    विध्वंश जिउँदाबाटै गद्दारी,असमझदारी जिउँदाबाटै

    तसर्थ

    म त्रसित छु जिउँदाबाटै।

     

    ए चिता !

    म डराउँदिन मुर्दासँग

    मुर्दा बस्तीमै कुहिन दे

    डुङ्डुङ्ती गनाउन दे

    गिद्ध र स्याललाई मासु लुछ्न दे

    झिँगालाई मुर्दामा भन्किन दे

    जसबाट दुनियाँले देख्नेछन् जीवनको अन्तिम गति

    जीवनको क्षणिकता मृत्युको शाश्वत सत्य

    सिक्नेछन् जीवको अर्थपूर्ण परिभाषा

    फरक बुझ्ने छन् मान्छे र गिद्धको

    मान्छे र स्यालको

    मान्छे र झिँगाको । 

    ए चिता !

    तँसँग मेरो फिराद

    च्यातिदे तेरो  पुख्र्यौली सुलहपत्र

    नपोल् मुर्दा

    पोल् जिउँदा जब्बर

    पोल् जिउँदा जालन्धर

    पोल् भड्किरहका शकुनि आत्मा

    पोल् लङ्काधीश रावण

    बिन्ती नपोल् मुर्दा मुर्दा

    बस्तीमै रहन दे

    मुर्दा बस्तीमै कुहिन दे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।