Logo

२०८३, कार्तिक २७गते


images
images

लुम्बिनी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने

लुम्बिनी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने

images
  • लुम्बिनी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने
    images

    दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ ।  दिउँसो १ बजे बस्नेगरी  बैठक आह्वान गरिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

    images
    images
    images


    गत २० गते  लुम्बिनी प्रदेशको बजेट पारित भएसँगै  प्रदेशसभा बैठक स्थगित भएको थियो ।
     जारी भएको सूचना अनुसार लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको उन्नाइसौं बैठक असार ३० गते शनिबार दिउँसो १ बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको हो ।

    images
    images
    images

    प्रदेश निजामती सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नती ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको बताईएको छ ।

    images
    images

    लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो । प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक आजको  प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।