काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान गनत्व्यमा नपुगी काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर ५३ मा उडेको नाइनएन–एजेओ विमान फर्काइएको हो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले विमान १५ माइल पुगेपछि काठमाडौं फर्काइएको र सुरिक्षत अवतरण गरेको शिलापत्रलाई जानकारी दिए । उनले भने, ‘इन्डिकेसन समस्या भनेको छ । खास भएको के हो ? इन्जिनियरहरूले हेरेपछि थाहा हुन्छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology