Logo

२०८३, कार्तिक २७गते


images
images

मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रूकुमखण्ड अवरूद्ध

मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रूकुमखण्ड अवरूद्ध

images
  • मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रूकुमखण्ड अवरूद्ध
    images

    काठमाडौं । अविरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रूकुमखण्ड अवरूद्ध बनेको छ।

    images
    images
    images

    लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरूद्ध भएको हो।

    images
    images
    images

    वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए।

    images
    images

    सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन्। पूर्वीरूकुमको रूकुमकोटबाट काठमाडौं, पोखरा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन्।

    लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष घर्तीमगरको भनाइ छ ।

    उनले यस सडकको खण्डको पातीहाल्नेमा रूख ढलेर सडक अवरूद्ध भएकामा अहिले खुलाइसकेको बताए। अध्यक्ष घर्तीमगरले भने, ‘यो पहिराले हैरान बनायो, पानी पर्नैहुन्न, पर्‍यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ, यताको गाडी यतै, उताको गाडी उतै हुन्छन्, यसले धेरै समस्या बनायो।

    मुख्य सडकसँगै निसीखोलाका अधिकांश ग्रामीण सडक अवरूद्ध भएको उनले जानकारी दिए। अब बर्खा नरोकिएसम्म उक्त सडक खुलाउन नसकिने घर्तीमगरको भनाइ छ। बुर्तिबाङ बजारबाट कानाबगरसम्म सहजरूपमा यातायातका साधान चल्न सके पनि त्यसभन्दा माथि समस्या हुने गरेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।