राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको सगरमाथा आवसिय माविको बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
एसईई परीक्षा २०७९ उत्तीर्ण गरेका विद्यार्थीलाई विद्यालयले बधाई तथा शुभकामना व्यक्त गरेको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम देवदह नगरपालिका वडा नं ७ का वडाध्यक्ष कृष्ण प्रसाद अधिकारीले सगरमाथा आवसिय माविले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएका कारण आज विद्यार्थीको सत प्रतिशत नतिजा आएकोमा विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। अधिकारीले अभिभावकले उच्च शिक्षका लागि स्वतस्फूर्त रुपमा विद्यार्थीलाई नै बिषय रोज्न दिनेर आफुले चाहेको बिषय पढ्न दिन आगह गरेका छन ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै सगरमाथा आवसिय माविका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीले आफुहरुले अध्यापन गराए अनुसारको सत प्रतिशत नतिजा ल्याको र आगामी दिनमा अभिवाकले देखेक सपना पुरा गर्न विद्यार्थीहरुलाइ आग्रह गरेका छन । आफुहरुले शैक्षिक गुणस्तरलाई मध्यनजर गरेर विद्यार्थीलाई अध्यापन गराएको उनको भनाइ छ ।
सो विद्यालयबाट ५३ जना विद्यार्थी मध्य सबैले सतप्रतिशत नतिजा ल्याएको र ती मध्य पुर्णिामा लामा ३.८० जिपिए र ओजस्वी न्यौपाने ३.७५ जिपिए सहित क्रमश विद्यालय प्रथम र द्वितीय भएको विद्यालयले जानकारी दिएको छ।
कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थी ओजस्वी न्यौपानेले आफ्नो अध्यनको अनुभव सुनाउँदै खुसी व्यक्त गरेकी थिइन ।
कार्यक्रम सगरमाथा आवसिय माविका अध्यक्ष डिल्लिराज मरासिनीको अध्यक्षता, विद्यार्थी कृति न्यौपाने को स्वागत र स्वर्णिम सगरमाथा कलेजका सहायक प्राचार्य एवम सगरमाथा आवसिय माविका शिक्षक प्रदिप अधिकारीको संचालनमा सम्पन्न भएको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology