रुपन्देही। देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
एसईई परिक्षा २०७९ उत्तीर्ण गरेका विद्यार्थीहरुलाइ
विद्यालयले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका प्राचार्य बिष्णु प्रसाद पौडेलले बिद्यार्थीहरुलाइ आगामी उच्च शिक्षाकालागि आफ्नो इच्छा अनुसारको बिषय छनोट गरि अध्यन गर्न आग्रह गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थी, विद्यार्थीका अभिभावक, देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका शिक्षकहरुको उपस्थिति रहेको थियो। कार्यक्रम देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका प्राचार्य बिष्णु प्रसाद पौडेलको अध्यक्षता र देवदह इङ्ग्लिस बोर्डिङ्ग स्कुलका सहायक प्राचार्य मान बहादुर क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology