Logo

२०८३, कार्तिक २७गते


images
images

भाउजु हत्याको आरोपमा देवर पक्राउ

भाउजु हत्याको आरोपमा देवर पक्राउ

images
  • भाउजु हत्याको आरोपमा देवर पक्राउ
    प्रतीकात्मक तस्बिर
    images

    परासी। पश्चिम नवलपरासीमा भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन् । जिल्लाको रामग्राम नगरपालिका- १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैँ-झगडा हुँदा चन्दनले मोटरसाइकलको सकरले प्रहार गर्दा गम्भीर घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको र म्याद थपका लागि अदालत पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भाउजु हत्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।