Logo

२०८३, आश्विन २१गते


images
images

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

images
  • आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
    फाइल फोटो
    images
    images

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।  

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल  कोशी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    images
    images
    images

    दिउँसो देशभर आंशिक  देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images
    images
    images

    त्यस्तै  लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    राती देशभर आंशिक  देखि सामान्य रही कोशी  र गण्डकी  प्रदेश लगायत देशका तराईका केही  स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

    कोशी , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।  

    भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाको अनुमान छ।

    त्यसकारण  हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वर्षाको सम्भावना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।