Logo

२०८३, श्रावण २७गते


images
images

बैशाखी नटेकी कांग्रेस पहिलो दल बन्छ : सह महामन्त्री पाण्डे

बैशाखी नटेकी कांग्रेस पहिलो दल बन्छ : सह महामन्त्री पाण्डे

images
  • बैशाखी नटेकी कांग्रेस पहिलो दल बन्छ : सह महामन्त्री पाण्डे
    images
    images

    अनिष पन्थी,गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री एवं प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले आगामी निर्वाचनमा कांग्रेस कसैको बैशाखी नटेकी पहिलो दल भन्ने दाबी गरेका छन्।

    images
    images
    images

    सुदृढ लोकतन्त्र र जनताको भरोसाको लागि बदलिएको काँग्रेस’ भन्ने मूल नारासहित नेपाली कांग्रेस रेसुङ्गा नगरपालिकाको दोस्रो नगर सम्मेलनमा सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा गुल्मी आएका पाण्डेले यस्तो बताएका हुन् ।
    कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नेपाल र नेपालीको विकासको परिकल्पना गर्न नेतृत्व दिन सक्ने जिल्लाको रुपमा गुल्मी जिल्लालाई लिएका छन् । गुल्मीको कांग्रेस गौरव गर्न लाएक भएको समेत  बताएका छन् । 
    गुल्मी जिल्ला हेर्दा अत्यन्तै सुन्दर भएको बताउँदै यस जिल्लाबाट धेरै कुराको सम्भावना रहेको जिकिर गरे। गुल्मी जिल्लाले सबै जिल्लालाई नेतृत्व  दायि भुमिका खेलेको बताए ।
    कार्यक्रममा बोल्दै पाण्डेले भने" , देशका अन्य जिल्लामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पाटिबिच राम्रो समन्वय छैन तर  गुल्मी भने राम्रो मेलमिलाप भएको जिकिर गरे । 
    नेपाली कांग्रेस देशभरमा पहिलो पार्टी भएको बताउँदै ०८४ सालको निर्वाचनमा कांग्रेस कसैको बैशाखि नटेकि पहिलो पार्टि बन्ने दाबी गरे। यस्तै बदलियको कांग्रेस बनाउन पहिला आफू नै बदलिनु पर्ने समेत बताएका छन् । 

    images
    images
    images
    IMG-20230707-WA0304.jpg


    कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले एकताले मात्रै काँग्रेसको भविष्य सुनिश्चित हुने बताए  । काँग्रेसलाई सुदृढ बनाउनका लागि जनप्रतिनिधि र पार्टीका नेताप्रतिको समन्वयलाई पनि प्रभावकारी बनाउनुपर्ने समेत बताए  । 

    images
    images
    images


    नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले अहिले सुदृढ र बदलिएको काँग्रेस निर्माणको अभियानमा रहेको बताए।


    नगरको सम्मेलनमा पार्टीका नेता तथा कार्यकर्ताहरुको गौरवमय उपस्थितीले बदलिएको काँग्रेसको सुरुवातको रूपमा महसुस भएको  पन्थीको भनाई रहेको थियो ।


     नगर सभापति जयश्वर पन्थीको सभापतित्वमा सम्पन्न सम्मेलनलाई प्रदेश सदस्य द्रोण बहादुर खत्री, विष्णुकुमारी सापकोटा, छन्द बहादुर पहराईले पनि सम्बोधन गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सह महामन्त्री पाण्डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।