Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा महिला अधिकारकर्मीहरु विचको दौड प्रतियोगिता  सम्पन्न

पोखरामा महिला अधिकारकर्मीहरु विचको दौड प्रतियोगिता  सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा महिला अधिकारकर्मीहरु विचको दौड प्रतियोगिता  सम्पन्न
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा महिला अधिकार रक्षक सञ्जालको सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । महिला अधिकारर्कीहरुका विच पहिलो पटक आयोजित उक्त प्रतियोगितामा राइट फर चिल्ड्रेनकी निति तामाङले प्रथम भएकी छन् ।

    images
    images
    images

    शुक्रबार पोखरा रंगशालामा भएको ८०० मिटर इभेन्टमा राइट फर चिल्ड्रेनकी निति तामाङले २ मिनेट ४४.३५ सेकेण्डमा दौड पुरा गरी प्रथम भएकी हुन् । उनले जित संगै नगद रु ७ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् ।

    images
    images
    images

    त्यसै गरी नौलो बिहानीकी दिपिका रानाले ३ मिनेट २८.७५ सेकेण्डमा  पुरा गर्दै  द्वितिय हुँदा सोही संस्थाकी वर्षा राना ३ मिनेट ३२.७० सेकेण्डमा दौड पुरा गरी तृतिय स्थान हासिल गर्न सफल भएका छन् । द्वितिय हुने दिपिकाले नगद ५ हजार र तृतिय भएकी वर्षाले नगद रु ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

    images
    images
    images

    प्रतियोगितामा नारीजागरण अभियानकी सन्तोषी भण्डारी र महिला उद्यमी महासंघकी गिता योगी क्रमश चौथो र पाँचौ भए । उनीहरुले जनही नगद १ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

    विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रतियोगितामा विभिन्न २२ सस्थाका ५० भन्दा वढि महिलाहरुलो दौडमा सहभागिता जनाएको प्रतियोगिताकी संयोजक एवं प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य तारा मायाँ थापा मगरले बताइन् ।

    यस अघि प्रतियोगिताको उद्घाटन सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले गरेकी थिइन् । सो अवसरमा उनले यस प्रकारका कार्यक्रमले खेलकुद विकासमा जागरण ल्याउन सहयोग पुग्ने बताउँदै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला अधिकारकर्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।