Logo

२०८३, कार्तिक २६गते


images
images

गण्डकी प्रदेश सभाको प्रतीक चिन्ह (लोगो) परिवर्तन गर्ने प्रस्ताव पेस

गण्डकी प्रदेश सभाको प्रतीक चिन्ह (लोगो) परिवर्तन गर्ने प्रस्ताव पेस

images
  • गण्डकी प्रदेश सभाको प्रतीक चिन्ह (लोगो) परिवर्तन गर्ने प्रस्ताव पेस
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेश सभाको प्रतीक चिन्ह (लोगो) परिवर्तन हुने भएको छ । प्रदेश सभा नियमावली मस्यौदा समितिले पुरानो लोगोमा व्यापक परिवर्तन प्रस्ताव गरेको हो । हाल सांसदले लगाइरहेको लोगोमा हरियो रङको प्रयोग धेरै गरिएको छ । प्रस्तावित नयाँ लोगोमा पहेंलो रङ प्रयोग भएको छ ।

    images
    images
    images

    गैंडा, मृग देखाएर हालको लोगोमा नवलपुरसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज देखाउन खोजिएको छ । नयाँ लोगोमा यसअघि भएका जनवार र चरा हटाइएको छ । लोगोको रङ परिवर्तन गरिएको छ भने डाँफे, गैंडा, मृग, लालीगुराँस, नदी हटाएर लोगोलाई सरल बनाइएको छ ।

    images
    images
    images

    नियमावली मस्यौदा समितिले प्रदेश सभाका ४ संसदीय समितिमध्ये विधायन समिति खारेज प्रस्ताव गरेको छ । उक्त समिति खारेज, अरु नाममा ४ समिति गठन र लोगो परिवर्तनसहितको मस्यौदा समितिका संयोजक सांसद बिन्दुकुमार थापाले  प्रदेश सभामा पेस गरेका थिए ।

    images
    images

    प्रदेश सभामा रहेका ४ समितिको संख्या कायम राख्दै समितिको नाम र जिम्मेवारी हेरफेर गरिएको नियमावली मस्यौदा तयार भएको हो । प्रदेश सभामा पेस विधेयकमाथि सबै सदस्यले छलफल गर्ने र सुझाव पेस गर्ने प्रस्ताव गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।