Logo

२०८३, कार्तिक २६गते


images
images

चेपाङ समुदायलाई सुन्तला, कागती र अम्रिसोको बिरुवा वितरण

चेपाङ समुदायलाई सुन्तला, कागती र अम्रिसोको बिरुवा वितरण

images
  • चेपाङ समुदायलाई सुन्तला, कागती र अम्रिसोको बिरुवा वितरण
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवनको इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायलाई फलफूलका बिरुवासहित अम्रिसोको बिरुवा वितरण गरिएको छ उनीहरुको आयआर्जन बृद्धि, वातावरण संरक्षण र भू–क्षय नियन्त्रणको लागि सुन्तला, कागती र अम्रिसोको बिरुवा वितरण गरिइएको हो ।

    images
    images
    images

    इच्छाकामना–१ भालुडाँडामा आयोजित कार्यक्रममा स्थानीय ५२ परिवार चेपाङलाई ७१ हजार सात सय ५० सुन्तलाको बिरुवा, ५२ परिवारलाई चार सय ५० कागतीका बिरुवा तथा एक सय चार परिवारलाई पाँच हजार ५० बोट अम्रिसो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए। सो वडाअन्तर्गत काउलेमा सुन्तला उत्पादन हुँदै आएको छ । स्थानीय आवश्यकतालाई मध्यनजर गरि सुन्तलाको बिरुवा वितरण गरिइएको हो ।

    images
    images
    images

    सो ठाउँमा अम्रिसो बहुउपयोगी मानिँदै आएको छ । कुचोको लागि, बाख्राको लागि घाँस र डोको बुन्न चोयासमेत निस्कने भएकाले अम्रिसोको बिरुवा प्रदान गरिएको हो । बाख्रापालन, कुचो तथा भू–क्षय नियन्त्रण र वातावरण संरक्षणको लागि अम्रिसो उपयोगी हुने गर्दछ ।

    images
    images

    चेपाङको पारिवारिक अवस्थामा परिवर्तन आएको छ, बालबालिका स्कुल जान थालेका छन्“आयआर्जनको लागि बाख्रापालन गरिएको छ, खेतमा तरकारी र फलफूल उत्पादन गरिएको छ । ”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चेपाङ समुदाय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।