Logo

२०८३, कार्तिक २७गते


images
images

निजी विद्यालयले कक्षा ११मा वितरण गर्ने छात्रवृत्ति महानगर आफैले वितरण गर्ने

निजी विद्यालयले कक्षा ११मा वितरण गर्ने छात्रवृत्ति महानगर आफैले वितरण गर्ने

images
  • निजी विद्यालयले कक्षा ११मा वितरण गर्ने छात्रवृत्ति महानगर आफैले वितरण गर्ने
    images

    काठमाडौं । निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको परीक्षा काठमाडौँ महानगरले सञ्चालन गर्ने भएको छ । शैक्षिक सत्र २०८०/०८१ देखि महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट आफै गर्ने भएको हो ।

    images
    images
    images


    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहाले शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम निजी विद्यालयले कक्षा ११ का विद्यार्थीलाई वितरण गर्ने छात्रवृत्ति महानगरपालिकाले आफै नै सञ्चालन गरी वितरण गर्ने जनाएका छन् ।

    images
    images
    images


    उनले भनेका छन् ‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको ,जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको लागि अनुरोध छ ।’

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन्द्र शाहा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।