Logo

२०८३, आश्विन ९गते


images
images

लघुकथाः छवि प्रभाव

लघुकथाः छवि प्रभाव

images
  • सेतोमसी सहकर्मी
  • लघुकथाः छवि प्रभाव
    images
    images

    -मित्र 'उराठी' गौतम

    images
    images
    images

    अमरपुर –गुल्मी, हालःतिलोत्तमा -२, रुपन्देही

    images
    images
    images

    "मृतकप्रति हार्दिक श्रद्धाञ्जली ! साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।"
    शुभ चिन्तक भएको नाताले प्रतिकले पनि फेसबुक भित्तोमा यही सन्देश पठायो।
    मृतकका आफन्तले फेसबुकमा राखेको स्टाटसमा धमाधम यस्तै खाले सन्देश आइरहेका थिए।
    मृतकको घरमा भेटघाट,आउने जाने क्रम चलिरहेको थियो।भिडभाड बढेको थियो।
    विस्तारै विस्तारै काज किरियाका दैनिक कार्य सम्पन्न भैरहेका थिए।सबै कुरा सहज बन्दै गइरहेको थियो।
    कुरुवा,आफन्तहरु कोही तास खेलेर दिन कटाइरहेका थिए।कोही फेसबुक,टिकटकमा मस्त थिए।
    यस्तैमा उक्त परिवारका एकजना आफन्तले फेसबुक हेर्दै भने,"हैन् , को रहेछ यो प्रतिक भन्ने ? आफ्नो मुस्कुराएको तस्बिर सहित पो समवेदना राखेको छ।समवेदना प्रकट गरेको हो कि गिज्याएको हो ?"
    आश्चर्य मान्दै हेरे अरुले पनि।
    साँच्चै उसको प्रोफाइल तस्बिर मुस्कुराइरहेको थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथाः छवि प्रभाव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।