Logo

२०८३, कार्तिक २६गते


images
images

एन्टिबायोटिक औषधिको अत्यधिक दुरुप्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम

एन्टिबायोटिक औषधिको अत्यधिक दुरुप्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम

images
  • एन्टिबायोटिक औषधिको अत्यधिक दुरुप्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम
    images

    राजेश  पराजुली, पोखरा । पोखरा एन्टिबायोटिकको चरम दुरुपयोग हुने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्ने भए पनि खुल्ला रुपमा अफु खुशी विक्री वितरण र प्रयोग हुदाँ मानव स्वास्थ्य नै जोखिममा पर्ने अवस्था सृजना हुन लागेकोमा पोखरामा बिहिबार भएको एक कार्यक्रममा सहभागीले चिन्ता व्यक्त गरे ।

    images
    images
    images

    यूएसएआईडी र स्वास्थ तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले एन्टिबायोटिकको प्रयोग वारे सचेतना आवश्यक रहेको बताए ।

    images
    images
    images

    सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव बिनोद विन्दु शर्माले दोस्रो विश्व युद्ध पछि बरदान बनेको एन्टिबायोटिक औषधी प्रयोगमा ध्यान दिन नसक्दा अहिले मृत्युको कारण बन्न पुगेको बताए ।

    images
    images

    स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिम बहादुर खड्काले एन्टिबायोटिकको प्रयोग गर्न नजान्दा मानव स्वास्थ्यका लागि उपचार थप जटिल बनेको बताए । उनले डाक्टरको सल्लाह वाहेक एन्टिबायोटिकको प्रयोग नगर्न समेत सुझाव दिए ।

    यूएसएआईडी सिनियर प्राविधिक सल्लाहकार डा. सन्तोष दुलाले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ विश्वव्यापी जनस्वास्थ्यको चुनौतीको रुपमा आएको बताए । पछिल्लो समय कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम बढेको उनले बताए ।

    एन्टिबायोटिकको दुरुपयोगका कारण धेरैजसो जीवाणु यी औषधीको प्रतिरोध गर्न सक्षम भएका छन्, ‘जसका कारण औषधीको प्रभाव शून्य वा कम हुने गर्छ’ । त्यसको परिणाम स्वरुप संक्रमणको उपचार निष्प्रभावी हुन्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगका कारण बनिरहेको छ ।

    विशेष गरी विकासोन्मुख देश यस्तो समस्याबाट बढी प्रभावित भइरहेका दुलालले बताए ।

    नेपालमा बिरामीले जथाभावी औषधी किनेर खाने प्रवृत्ति, औषधि पसलेले चिकित्सकको पे्रसक्रिप्सनबिनै दिने र पुरा मात्रा सेवन नगनु यसको प्रमुख चुनौती बनेको छ । सामान्य रुघाखोकी र ज्वरो आउदैमा एन्टिबायोटिक औषधी प्रयोग गर्न नहुने डा. विवेका श्रेष्ठले बताइन् ।
    जथाभावी एन्टिवायोटिकको प्रयोग हुँदा ‘रेसिस्टेन्स’ बढेको श्रेष्ठको भनाई छ ।

    एन्टिबायोटिक औषधीको प्रयोग उचित विधि र चिकित्सकको सल्लाहअनुसार गर्नुपर्छ । उपयोगमा लापरबाही भएमा यही औषधी मानिस तथा पशु दुवैको मृत्युको कारक पनि बन्न सक्छ ।

    नेपालमा पशु पंक्षिमा समेत एन्टिबायोटिकको प्रयोग बढेको पाईको छ । कुखुराहरुमा बढि एन्टिबायोटिकको प्रयोग हुने गरेको पाइएको छ । एन्टिबायोटिक प्रयोग गरेको कम्तिमा एक हप्तासम्म मासु उपभोगका लागि योग्य नहुने चिकित्सकको भनाई छ । दुधालु गाइ भैसिमा एन्टिबायोटिकको प्रयोग हुने गरेको र ती गाई भैसिको दुघ प्रयोग गर्दा समेत मानव स्वास्थ्यलाई असर गर्ने गरेको तथ्य फेला परेको छ ।

    स्वास्थ्य विषयमा कलम चलाउदै आएका पात्रकार अर्जुन अधिकारीले एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रौक्न संचारकर्मीको पनि भूमिका हुनुपर्ने बताए । उनले संचार माध्यममा एन्टिमाइक्रोबियल रेजिस्टीयन्सका वारेमा प्रायाप्त स्थान दिनुपर्ने बेला आएको बताए ।

    विकसीत देशहरुमा एन्टिबायोटिक औषधिको विक्री वितरणमा नियन्त्रीत भए पनि नेपालमा भने सबै स्वास्थ्य संस्थामा यसको सहजै विक्री हुने गरेको छ । सरकारले औषधीलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गामा विभाजन गरेर ‘क’ र ‘ख’ वार्गका औषधीको विक्री वितराणमा डाक्टरको प्रेसकिप्सन अनिवार्य भने पनि कार्यान्वयनमा भने आएको छैन ।

    विश्वका प्रमुख दश विश्वव्यापी जनस्वास्थ्य खतराहरूमध्ये एन्टिबायोटिक पनि परेको छ । विश्वमा आठ जनाको मृत्यु हुदा १ जना ‘एन्टिमाइक्रोबिएल रेसिस्टेन्सको’ कारण मृत्यु हुने गरेको तथ्याङक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्टिबायोटिक औषधि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।