Logo

२०८३, कार्तिक २६गते


images
images

कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय कडाइका साथ लागू हुने

कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय कडाइका साथ लागू हुने

images
  • कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय कडाइका साथ लागू हुने
    images

    राजेश  पराजुली, पोखरा । कास्की जिल्लामा नदी तथा खानीजन्य पदार्थको उत्खनन कार्य बन्द गर्ने निर्णय गरिएको छ । नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समितिको बैठकले सो निर्णय गरेको हो ।

    images
    images
    images

    बैठकबाट नदीजन्य पदार्थ उत्खनन सम्बन्धि संघिय मापदण्ड पहिलो संसोधन २०७९ को दफा ४ को १६ नम्बर बुदा बमोजिम आषाढ देखि भाद्र मसान्तसम्म सबै किसिमको उत्खनन कार्य बन्द गर्नुपर्ने उल्लेख भए अनुसार सो कार्य कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहहरूलाइ पत्राचार गर्ने निर्णय गरिएको छ ।

    images
    images
    images

    साथै सम्पूर्ण पालिकाहरूलाई नदीजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सो को जानकारी सात दिन भित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन आग्रह गरिएको छ । सात दिन भित्र मौज्दात विवरण उपलब्ध नगराएको पाइएमा बिक्रीवितरण गर्न नपाउने कार्यलाई कडाइका साथ लागू गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए।

    images
    images

    निर्णय कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुने भन्दै कास्कीका कतिपय स्थानमा उल्लेखित मापदण्डविपरित उत्खनन जारी रहेको पाइएको हुँदा नियम पालना नगर्नेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने जिल्ला अनुगमन समितिका सदस्य सचिब एबम कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।