बुटवल । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश ५ (लुम्बिनी) प्रदेश संगठन समितिको नयाँ नेतृत्व चयन गरिएको छ ।
दाङको घोराहीमा दुई दिन सम्म संचालन भएको प्रदेशस्तरीय एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले केन्द्रीय सचिवालय सदस्य अटलको संयोजकत्वमा १२१ सदस्सीय प्रदेश संगठन समिति गठन गरेको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रदेश संगठन समितिको सहसंयोजकमा केन्द्रीय सचिवलाय सदस्यद्वय समिर र गति रहेका छन ।
पार्टीको अधिबेशनले ४ सदस्सीय प्रदेश कार्यालय, केन्द्रीय महाधिबेशन आयोजक समितिका २३ जना सदस्य सम्मिलित प्रदेश सचिवालय समेत गठन गरेको उनले जानकारी दिए । त्यस्तै प्रदेश अन्तरगतका जिल्लाहरुका ईन्चार्ज संयोजक र सहसंयोजकहरु समेत बैठकबाट टुंगो लगाइएको क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश संगठन समितिले जनाएको छ ।
तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई प्रदेश स्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइएको हो । कार्यक्रममा पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चन, कार्यालय सदस्य राजवीरलगायतले प्रशिक्षण तथा निर्देशनात्मक भनाई राखेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology