Logo

२०८३, आश्विन १०गते


images
images

सरकारी स्वास्थ्य सेवा सर्वसुलभ गर

सरकारी स्वास्थ्य सेवा सर्वसुलभ गर

images
  • सेतोमसी सहकर्मी
  • सरकारी स्वास्थ्य सेवा सर्वसुलभ गर
    images
    images

    कृष्ण अन्जान, गुल्मी l  स्वास्थ्य संस्था टाढा हुँदा रुरुक्षेत्र गाउँपालिका वडा नं, १ को च्युरेक क्षेत्र र रुरुक्षेत्र गाउँपालिका ३ को तल्लो क्षेत्रका बासिन्दाहरुले सर्वसुलभ स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

    images
    images
    images

    रुरुक्षेत्रको वडा न ३ मा स्वास्थ्य संस्था कोटमा छ जसका कारणले तल्लो क्षेत्र फेकलदि, चाउके ,गौतनटोल,फल्लेखर्क, खोरबारीपोखरा, कारकोट, स्यालपोखरी, माझगाउँ र बसन्त पोखरी सम्मका जनतालाई स्वास्थ सेवा लिन गाह्रो भएको छ । उता रुरुक्षेत्र गाउँ पालिका १ को च्यूरेकी जनतालाई पनि स्वास्थ सेवा लिन रिडीबजार पुग्नु पर्छ जसले गर्दा अत्यन्तै ग्राहो छ । रुरुक्षेत्र गाउँ पालिकाका १ काे भट्कुवा र रुरुक्षेत्र ३ को ओखलढुंगामा सरकारी स्वास्थ्य सँस्थाले स्थानीय जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराई रहँदा रुरुक्षेत्र १ को च्यूरेक र रुरुक्षेत्र ३ को घनावस्ति रहेको तल्लो भेगलाई विभेद गरिएको छ ।

    images
    images
    images

    रुरुक्षेत्र १ को च्यूरेकी जनता सामान्य स्वास्थ्य समस्या भएपनि गाउँबाट पाँच किलोमिटर तल रिडीबजार झर्नु पर्छ भने रुरुक्षेत्र ३ को तल्लो भेगका जनता पनि त्यतिनै टाढा थानपतिको देउराली कोट अथवा रिडी झर्नुपर्छ । पटकपटक प्राथमिक स्वास्थ एकाइ स्थापना गर्ने कुरा उठेपनि यसको कार्यान्वयन पक्ष कहाँ पुगेर अड्किएको छ बुझ्ने गाह्रो पारिरहेको छ । रुरुक्षेत्र गाउँपालिाका वडा न १ को बिसौना अथवा ठुलापोखरा प्राथमिक स्वास्थ एकाइ स्थापनाका लागि उपयुक्त ठाउँ हुन भने रुरुक्षेत्र ३ को स्यालपोखरी यो क्षेत्रका लागि उपयुक्त ठाउँ हाे ।

    images
    images
    images

    साधन र श्राेतले भ्याए सम्म दुबै ठाउँ र नभए रुरुक्षेत्र १ र ३ काे दाेसाँधमा स्यालपाेखरीमा प्राथमिक स्वास्थ एकाइ स्थापना गर्ने हो भने च्यूरेक र थानपतिको तल्लो भेगका जनताले स्वास्थ्य सेवा सहज पाउन सक्छन । स्यालपाेखरीमा सुविधा सम्पन्न सरकारी भवन पनि रहेकाे र बजार क्षेत्रकाे रुपमा विकास भईरहेकाे ले जनप्रतिनिधिहरुकाे आपसी सहमतिमा यथाशीघ्र प्राथमिक स्वास्थ एकाइ स्थापना पहल गरिनु आवश्यक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।