Logo

२०८३, आश्विन ११गते


images
images

कालीगण्डकी नदी  किनारमा पैदलमार्ग बन्ने

कालीगण्डकी नदी  किनारमा पैदलमार्ग बन्ने

images
  • कालीगण्डकी नदी  किनारमा पैदलमार्ग बन्ने
    images
    images

    पाल्पा ।  पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ। 

    images
    images
    images

    “कालीगण्डकी नदी हाम्रो सभ्यता हो, नदीलाई संरक्षण गरी यसलाई पर्यटनसँग जोडियो भने आयआर्जन पनि हुनेछ”, नगरप्रमुख रमणबहादुर थापाले भने “अब छिट्टै काम सुरु गरेर अबको एक वर्षभित्र पैदलमार्गको काम सम्पन्न गर्ने योजना छ।” उनका अनुसार रामपुर नगरपालिका–१ को स्याउली बजारदेखि वडा नं १० को सिद्धबाबा मन्दिरसम्म नदीको किनारै किनार पैदलमार्ग बन्नेछ।

    images
    images
    images

    पैदलमार्गमा पदयात्राका साथै साइकल मार्ग, ठाउँठाउँमा कोसेलीघर, आवासगृह, शौचालय, नदी किनारमा स्नान गर्ने स्थल तयार गरिने नगरप्रमुख थापाले बताए। उनका अनुसार राम्दीदेखि देवघाटसम्म कालीगण्डकी नदी किनारमा पैदलमार्ग बनाउने योजना रहेको छ।

    images
    images
    images

     रामपुर नगरभित्र मात्र नभई यसलाई राम्दीदेखि देवघाट क्षेत्रभित्र जोडिएका सबै पालिकाले आ–आफ्नो क्षेत्रमा पैदलमार्ग निर्माण गरेमा  पर्यटन विकासले धेरै फड्को मार्नेछ”, नगरप्रमुख थापाले भने।

    नेपालमा कालीगण्डकी नदीको सभ्यता निकै नै पुरानो मानिन्छ। पाल्पाको राम्दीदेखि देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकाले यसलाई उत्तरवाहिनी नदी पनि भनिन्छ।

    लुम्बिनी र गण्डकी दुई प्रदेश बीचको साझा नदी भएकाले नदीको तटमा पैदलमार्ग निर्माण गरेपछि नदी वारिपारिको पर्यटन विकास, स्थानीयको दैनिक जीवनयापनमा धेरै फाइदा पुग्नेछ ।

     यस क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको छ। कालीगण्डकीको पौराणिक महत्व , यहाँ पाइने शालिग्राम शिला, विभिन्न ऋषिले यस क्षेत्रमा आई योग, तपस्या र साधना गरेको बिश्वास र मान्यता छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।