Logo

२०८३, आश्विन ९गते


images
images

'गुमनाम प्रतिभा' खाेज्दै दाेहाेरी गीत प्रतिष्ठान

'गुमनाम प्रतिभा' खाेज्दै दाेहाेरी गीत प्रतिष्ठान

images
  • 'गुमनाम प्रतिभा' खाेज्दै दाेहाेरी गीत प्रतिष्ठान
    images
    images

    बुटवल । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालले 'गुमनाम प्रतिभा' खाेज्ने भएकाे छ । गुमनाम प्रतिभा खाेजी गर्ने उद्देश्यले राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे लुम्बिनी प्रदेश समितिले एकल लाेक गीत प्रतियोगिता तथा संस्थागत पशिक्षण कार्यक्रम गर्न लागेकाे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे।

    images
    images
    images

    बुटवलमा असार ७ र ८ गते दुई दिन सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका करिब १ हजार २३ जना प्रतियाेगी सहभागी हुने प्रतिष्ठानका अध्यक्ष दिपु मगरले जानकारी दिए।

    images
    images
    images

    प्रतियाेगितामा सहभागी हुन कुनै शुल्क तिर्नु नपर्ने आयाेजकले जानकारी दिएकाे छ । सहभागीहरूलाई खाना बस्नकाे व्यवस्थापन पनि प्रतिष्ठानले नै गर्ने छ प्रतियाेगितामा प्रथम हुने प्रतियाेगीले ५१ हजार एक सय ११ रूपैयाँ, द्धितिय हुने प्रतियाेगीले ३१ हजार १ सय ११ रूपैयाँ, तृतिय हुने प्रतियाेगीले २१ हजार १ सय ११ सय मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

    images
    images
    images

    प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतियोगी छनौट गरिसकेको छ। अग्रज कलाकारलाई सम्मान समेत गरिने उक्त प्रतियोगिताको बिहीवार बुटवलको सिद्धेश्वरी खेल मैदानमा हुने जनाईएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।