Logo

२०८३, कार्तिक २७गते


images
images

ब्लड क्यान्सर पिडित उचैलाई देवदह युएई समाजको झण्डै डेढ लाख सहयोग

ब्लड क्यान्सर पिडित उचैलाई देवदह युएई समाजको झण्डै डेढ लाख सहयोग

images
  • ब्लड क्यान्सर पिडित उचैलाई देवदह युएई समाजको झण्डै डेढ लाख सहयोग
    images

    रुपन्देही। ब्लड क्यान्सर पीडित प्रशान्त उचैलाई देवदह सेवा समाज युएईले आर्थिक सहयोग गरेको छ।

    images
    images
    images

    हाल भारतको दिल्ली स्थित मेदान्त अस्पतालमा उपचाररत रहेका देवदह -७ निवासी प्रशान्त उचैको उपचारका लागि समाजले नगद १ लाख ३९ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

    images
    images
    images

    देवदह सेवा समाज युएईका अध्यक्ष रमेश न्यौपानेको पहलमा हाल रोजगारीको सिलसिलामा युएईमा रहेका सहयोगीदाताद्वारा संकलित रकम विरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो।

    images
    images

    देवदह सेवा समाज युएईका सल्लाहकार कृष्ण गौतम, कोषाध्यक्ष हरि कंडेल, नगर प्रबक्ता गणेश डुम्रे, वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण अधिकारी, यमलाल तिवारी सहितको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो।

    विरामीको उपचारमा आर्थिक अभाव हुन नदिन नगरपालिकाले विषेश पहल सहित आर्थिक संकलनको लागि आह्वान गरिएको नगर प्रबक्ता गणेश डुम्रेले बताए । निर्धक्क भएर उपचार गर्न र उपचारमा आर्थिक अभाव हुन नदिन आर्थिक संकलन अभियानलाई तिब्रता दिइने प्रबक्ता डुम्रेले बताए।

    यस अघि पनि विभिन्न माध्यम बाट संकलित रकम विरामीका आफन्तलाई हस्तान्तरण गरिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।