Logo

२०८३, कार्तिक २६गते


images
images

देवदह प्याब्सनद्वारा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

देवदह प्याब्सनद्वारा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

images
  • देवदह प्याब्सनद्वारा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा देवदह प्याब्सन द्वारा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन देवदहको आयोजनामा प्रावि स्तरिय चित्रकला प्रतियोगिता, आधारभूत तथा मावि स्तरिय अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।

    images
    images
    images

    प्याब्सन अन्तर्गत देवदह नगरपालिका भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको प्रावी स्तरिय चित्रकला प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयका हिमांशु सापकोटा प्रथम, कोलियाराज बोर्डिङ्ग स्कुलका राजन कुँवर, बुद्द पब्लिक आवासीय माविका अनुष्का खनाल तृतीय र एशियन लाइट बोर्डिङ्ग स्कुलकि रिया थारु सान्तवना भएका छन ।

    images
    images
    images

    त्यस्तै आधारभूत तह वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माविकि स्वीकृति न्यौपाने प्रथम, देवदह बुद्द पब्लिक आवासीय माविकी अनुष्का भण्डारी द्वितीय, मदरल्याण्ड एकेडेमीकी प्रभा कार्की तृतीय र देवदह मदर टङ्गस एकेडमीका सुजिन गुरुङले सान्तवना भएका छन।

    images
    images

    त्यस्तै मावि स्तरिय वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्ट आवाशीय माविका आर्यन धमला प्रथम, देवदह मदर टङ्गस एकेडमीका अनिश खड्का द्वितीय, सेभेन स्टार बोर्डिङ्ग स्कुलकी आकृति चौधरी तृतीय र एशियन लाइट बोर्डिंग स्कुलका सुशान्त बिष्टले सान्तवना भएका छन ।

    प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, एक नारायण काफ्ले, बोधराज गौडेल, महेश पराजुली,खगेन्द्र न्यौपाने लगायतले मन्तब्य राखेका थिए। प्रतियोगितमा चित्रकला तर्फ दशरथ कुमाल र रामबिर कुमाल तथा वक्तृत्वकला तर्फ उमापती न्यौपाने र बाबुराम गैरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

    सेभेन स्टार बोर्डिङ्ग स्कुलका प्रिन्सिपल टिकाराम चापागाईंको स्वागत र प्याब्सन देवदहका सचिव कृष्ण प्रसाद गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह प्याब्सन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।