Logo

२०८३, कार्तिक २६गते


images
images

माछापुच्छ्रे गाउँपालिको ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ दुई दिने मह काट्ने कार्यक्रम गरिने

माछापुच्छ्रे गाउँपालिको ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ दुई दिने मह काट्ने कार्यक्रम गरिने

images
  • माछापुच्छ्रे गाउँपालिको ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ दुई दिने मह काट्ने कार्यक्रम गरिने
    images

    राजेश पराजुली, पोखरा | कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दी खोलाको आधार शिविरमा पर्ने ठुलो भिर तथा कोप्रे भिरमा हनि हन्टिङ गरिने भएको छ । ७२५ मिटर र पाँच सय मिटर अग्लो रहेको उक्त दुई भिरमा भिर मह काटन लागिएको हो । हालसम्म गर्मि रहेकाले मह काट्न लागिएको हो ।

    images
    images
    images

    सिधिङ युनाइटेड क्लबको आयोजनामा हुन गईरहेको दुई दिने मह काट्ने कार्यक्रममा माछापुच्छे गाउँपालिका वडा नं. ९ को समन्वयमा हुन लागेको हो । माछापुच्छे ९ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र) ले जेठ असारमा मह भिर मौरिको सिकार गर्नु निकै चुनौति र जोखिमपूर्ण रहेको बताए। उनले यो जेठ असारमा काटेको भिर मौरि अलि खतरा मानिन्छ ।

    images
    images
    images

    किनकि यो बेलामा, जगलमा प्राकृतिक रुपमा फुल्ने विभिन्न फुलहरुका कारण र भौगोलिक रुपमा पनि अझ यो बढि उचाइमा रहेको कारण यसलाई लाग्ने महको रुपमा पनि लिईन्छ । यसका लागि वडाले समन्वय गरिरहेको छ । यो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्छ ।’ क्षेत्रीका अनुसार भिरमा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिने छ ।

    images
    images

    जुन कुरा नयाँ पुस्ताका लागि नौलो हुनेछ । मर्दि हिमाल ट्रेक तथा माछापुच्छ्रे नमुना पैदल मार्गको सगंम स्थान भनेर बुझिएको मह भिर पदमार्गमा आउने पर्यटकका लागि समेत नयाँ गन्तव्य हुनसक्ने उनले बताए। मौरीको मह काट्नका लागि चिना हेराई भिरमा भेडाको पाठोको भोगं दिने प्रचलन पनि चल्दै आएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मर्दी खोला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।