कृष्ण अन्जान, रिडी । अनुसन्धान व्यवस्थापन समिति रुरु संस्कृत बिद्यापीठ,गुल्मीको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा तीन दिने अनुसन्धान तथा शोधप्रस्ताव लेखन तालिम बिहीबार सम्पन्न भएको छ।
समापन कार्यक्रमको अध्यक्ष रुरु संस्कृत विद्यापीठका प्राचार्य खगेश्वर गौतम रहेका थोए भने प्रमुख अतिथिमा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका प्राध्यापक तथा प्रशिक्षक मुरलीमोहन बास्तोला थिए।
ने.सं.वि. अनुसन्धान केन्द्रका निर्देशक एवं प्रशिक्षक प्रा. डा. सुदन कुमार पौडेल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा प्रशिक्षक डा. कृष्णचन्द्र शर्मा, प्रशिक्षक डा. लालमणी पाण्डेय, प्रशिक्षक डा. विष्णु दाहाल, ने.सं.वि. प्राध्यापक संघ केन्द्रीय सभापति शम्भुराज गौतम, वाल्मीकि विद्यापीठ तथा अंग्रेजी विषय समितिको सदस्य प्रशिक्षक कृष्ण पौडेल लगायतकाे आतिथ्यता थियाे ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक बास्तोलाले आफ्नो शोधकार्यलाई निरन्तरता दिनुपर्ने बताउँदै लिडर बन्ने क्षमता हुँदाहुँदै पनि कुम्भकर्णको पात्रमा देखिनुले समस्या भएको बताए । त्
ने.स.वि. अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. पौडेलले नेपाल संस्कृत विश्वविद्यालय अन्य विश्वविद्यालयको तुलनामा स्तरीय रहेको बताउँदै सोधार्थीहरुको लागि सहकार्य सदैव खुल्ला रहने समेत बताए उनले प्रशिक्षार्थीहरुलाई असल शिक्षाको अनुसरण गर्न समेत आग्रह गरे।
कार्यक्रमका अध्यक्ष तथा रुरु संस्कृत विद्यापीठका प्राचार्य गौतमले यो स्थानमा पहिलो पटक विषय प्रवेशको रुपमा संचालन भएता पनि तालिम अवस्मरणीय रहएको बताउँदै समय परिस्थितिले साथ दिएमा अरु समयमा पनि यो कार्यक्रमलाई यथावत राख्ने प्रतिबद्धता व्यक्त गरे । उनलेतालिममा अमूल्य समय मिलाईदिने विद्वान प्रशिक्षकहरुलाई पनि धन्यवाद प्रकट गरे ।
कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका प्राचार्य भुवन प्रसाद अर्याल, शृङ्गेश्वर बहुमुखी क्याम्पसका प्राचार्य शोभाखर ज्ञवाली लगायतले बोलेका थिए ।
जेठ २३ देखि २५ सम्म संचालन भएको उक्त तालिममा विभिन्न विषयबाट स्नातकोत्तर उतिर्ण गरेका ५० बढी प्रशिक्षार्थीहरु तालिममा सहभागी भएका थिए। समापन कार्यक्रममा प्रशिक्षकहरुलाई मायाको चिनो र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। तालिम रुरु संस्कृत विद्यापीठको सभाहलमा संचालन गरिएको थियो।
समापन कार्यक्रमको संचालन रुरु संस्कृत विद्यापीठका उपप्राध्यापक शेषनारायण मरासिनीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology