Logo

२०८३, आश्विन ९गते


images
images

देवदह मिडिया फेस्टीवलमा रैथाने खाना र मकै सभ्यताको बिषयमा चर्चा

देवदह मिडिया फेस्टीवलमा रैथाने खाना र मकै सभ्यताको बिषयमा चर्चा

images
  • देवदह मिडिया फेस्टीवलमा रैथाने खाना र मकै सभ्यताको बिषयमा चर्चा
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा संचालित प्रथम मिडिया फेस्टिवलमा रैथाने खाना र मकै सभ्यताको बिषयमा चर्चा भएको छ । 

    images
    images
    images

    छलफलमा बाली बिज्ञान बिज्ञ  शालिकराम गौतम, कलुवा कृषी सहकारी संस्थाका अध्यक्ष चक्रपाणि तिवारी र मिस्टर कर्नका संचालक व्यवसायी राजेन्द्र कुमार श्रेष्ठ वक्ताका रुपमा रहेका थिए। 

    images
    images
    images

    छलफलमा बोल्दै बाली बिज्ञान बिज्ञ  शालिकराम गौतमले मकैको इताहास बताउँदै म एक्लै सबैलाइ पाल्न सक्छु भन्ने आसय रहेकाले यसको नामकरण मकै राखिएको किम्बदंत्ती रहेको बताए। अहिले पनि बिश्वमा मकै मासिक १९ मेट्रीक टन सम्म उत्पादन हुने  गरेको उनी बताउँछन । मकैबाट उत्पादन हुने सबै बस्तुलाइ कुनै न कुनै क्षेत्रमा प्रयोग गर्न सकिने उनको भनाइ छ। मकैका लागि नेपाल सरकारले २० वर्षे नीति ल्याएर काम गरिरहेको उनलओ भनाइ छ। नेपालम अझै पनि मकैको उतपादक्त्व कम रहेको उनको भनाइ छ । यदी मकै खेती व्यसायीक रुपमा गर्न सक्ने हो भने यसले समग्र कृषि क्षेत्र र अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउन सक्ने उनको भनाइ छ। 

    images
    images
    images

    छलफलमा बोल्दै कृषी सहकारी संस्थाका अध्यक्ष चक्रपाणी तिवारीले देवदहमा मकैक ईतिहास एक दसको रहेको र देवदहमा रातो र सेतो मकै उत्पादन गरिने बताए । कलुवा क्षेत्र मकैकालागी उपयुक्त क्षेत्र रहेकी र बिगत लामो समय देखि त्याँहाका स्थानिय मकै व्यवसायमा संलग्न रँहदै आएको उनको भनाइ छ । 

    छलफलमा बोल्दै मिस्टर कर्नका संचालक एवम युवा व्यवसायी राजेन्द्र कुमार श्रेष्ठले मकै बाट विभिन्न परिकारहरु बनाएर व्यवसाय संचालन गर्न सकिने बताए । भारतीय सेनाबाट अवकाश लिएर आफुले सो व्यवसाय संचालन गरिरंहदा धेरै चुनौतीको सामना गर्नु परेको बताए। आफुहरुले मकैबाट विभिन्न खानाका परिकार जस्तै मकैको मम, मकैको  सुप, मकैको छोइला, मकैको बार्बिक्यु, कर्ण फ्राइ राइस आदि परिकार बनाउन सकिने बताए। उनले सुरुका दिनमा आफुहरुले धेरै चुनौती भोग्नु परेपनि पछी व्यवसाय फस्टाउँदै गएको बताए । 

    सो सेसन देवदह प्रेस कल्बका सल्लाहकार राम बहादुर गुरुङ्गको संचालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।