Logo

२०८३, कार्तिक २६गते


images
images

देवदहमा प्रथम मकै महोत्सव

देवदहमा प्रथम मकै महोत्सव

images
  • देवदहमा प्रथम मकै महोत्सव
    images

    राहुलदेव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा प्रथम मकै महोत्सव सम्पन्न भएको छ। देवदह नगरपालिका वड नं ५ को आयोजना र कलुवा कृषी सहकारी संस्थाको सहकार्य्मा सो कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    बिहिबार देवदह नगरपालिका वडा नं ५ मा अवस्थित शुक्रबारे हाट बजारमा सो महोत्सव सम्पन्न भएको हो । महोत्सवमा देवदह नगरपालिका वडा नं ५ सङ्गै कलुवा कृषि सहकारी संस्थामा आबद्ध कृषकहरुले आफुले उत्पादन गरेका मकैको विभिन्न परिकारहरुको स्वाद जनप्रतिनिधि लगाएत स्थानियलाइ चखाएका हुन । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम देवदह नगरपालिकाका उपमेयर बिद्यालक्षमी गुरुङ्गले देवदहका किसानलाइ कृषिमा आत्म निर्भर बनाउन सो कार्यक्रम गरिएको बताइन । देवदहका घरहरुमा र बिद्यालयमा चाउचाउ वा बाहिरी दोकानका खाना तथा खाजा हुने भएकाले अब मकैका विभिन्न परिकार बनाइ सेवन गर्न स्थानिय तथा कृषकलाई आग्रह गरेकी थिइन । उनले कृषकलाई प्रोत्साहन गर्न कृषीको क्षेत्रमा बजेट बिनियोजन गर्दै आएको र सदैव किसानहरुलाइ कृषकहरुलाइ कृषी पेसामा संलग्न गराइराखन प्रोत्साहन गरीरहेको बताइन । FB_IMG_1686241879612.jpg

    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रवक्ता एवम देवदह नगरपालिका वडा नं ५ का वडाध्यक्ष गणेश डुम्रेले मकै महोत्सव गर्नुको मुख्य उद्देश्यनै याहाको मकै बजारीकरण गर्ने रहेको बताए। देवदहलाइ मकैको पकेट क्षेत्रको रुपमा चिनारी दिन र सो चिनारी सङ्गै विभिन्न निकायलाइ बजेटका लागि घचघच्याउन सो महोत्सव गरेको बताए । 

     बाली बिज्ञ प्रमुख शालिकराम गौतमले नेपालमा मकैको अवस्था सङ्गै देवदहमा मकैको सम्भावनाको बारेमा प्रष्ट पारेका थिए। उनले यस्तो खालको मकै महोत्सव पहिलो पटक देखेको र यसले समग्र मकै खेती गर्ने कृषकलाई प्रोत्साहन मिलेको बताए । 

    मकै महोत्सव सङ्गै जोडिएको प्रथम देवदह मिडिया फेस्टिवलका तर्फ बाट मन्तव्य राखदै देवदह प्रेस कल्बका अध्यक्ष बिष्णु पोख्रेलले आफुहरुले पत्रकारको हैसिएतले यस्ता मौलिकताका कार्यक्रमहरुलाइ विभिन्न माध्यमबाट प्रचार गर्ने बताए । उनले आफुहरु समाजका विभिन्न नकारात्मक पक्षलाइ सबै माझ ल्याउने राम्रा पक्षलाइ उज्जागर गर्ने बताए । FB_IMG_1686242072867.jpg

    कार्यक्रम कलुवा कृषि सहकारीका अध्यक्ष चक्रपाणी न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।