Logo

२०८३, कार्तिक २६गते


images
images

फेवातालमा छाडियो ७ हजार शहर माछाको भुरा

फेवातालमा छाडियो ७ हजार शहर माछाको भुरा

images
  • फेवातालमा छाडियो ७ हजार शहर माछाको भुरा
    images

    राजेश  पराजुली, पोखरा । पोखरा विश्व वातावरण दिवसरको अवसरमा हर्पन फेवा मत्स्य सहकारी संस्था लिमिटेडले ७ हजार वटा शहर माछाको भुरा फेवातालमा छाडेको छ ।

    images
    images
    images

    फेवातालमा माछा मार्ने जलारी समुदाय संगठित भएर स्थापित सहकारीले सोमबार शहर माछा छाडेको हो । विभिन्न व्यक्तिको सहयोगमा बेगनास मत्सय अनुसन्धान केन्द्रमा रहेको सहरको भुरा माछालाई खरिद गरि तालमा छाडिएको हो ।
    सहकारीका अध्यक्ष सोम जलारीले रैथाने माछा कम भएको अवस्थामा शहर माछा छाडिनुले जलारी समुदायका लागि सहयोग पुगेको बताए ।

    images
    images
    images

    हाल सहर माछा प्रतिकिलो १२ सय रुपैयाँमा खरिदबिक्रि हुन्छ । फेवातालमा उत्पादन हुने माछाको संख्या वर्षेनी घट्दो अवस्थामा छ । कास्कीमा वार्षिक ५ सय टन माछा उत्पादन हुने गरेको छ तर माछाको माग भने दोब्बर छ ।
    फेवातालमा शहर, कत्ले, रेवा, फगटे, बामलगायत १० थरी रैथाने माछा पाइन्छ । तर पछिल्लो क्रममा तिलापिया, सिसा, बिगहेड, अफ्रिकन मांगुर लगायतका विदेशी माछाको संख्या बढी छ भने रैथाने माछा लोप हुने अवस्थामा छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शहर माछाको भुरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।