Logo

२०८३, कार्तिक २६गते


images
images

पोखराको हल्लनचोकमा पारलैंगिक समुदाय गौरवको र्‍यालीमा

पोखराको हल्लनचोकमा पारलैंगिक समुदाय गौरवको र्‍यालीमा

images
  • पोखराको हल्लनचोकमा पारलैंगिक समुदाय गौरवको र्‍यालीमा
    images

    राजेश  पराजुली, पोखरा । पोखरा विश्वभर नै अंग्रेजी पात्रो अनुसार ‘जुन’ महिनालाई ‘प्राइड मन्थ’ अर्थात् गौरवको महिनाका रुपमा पारलैंगिक समुदायले मनाउने गर्छन् ।

    images
    images
    images

    जुन महिनालाई गौरवको महिना नाम दिएर पारलैंगिक समुदायले आफ्नो पहिचानलाई उत्सवको रुपमा मनाउने गरेका छन् । समुदायले आफ्नो अधिकार प्राप्तीको वकालतका लागि पनि विश्वभर नै यस महिनालाई विशेष तरिकाले मनाउँछन् ।

    images
    images
    images


    पछिल्लो समय नेपालमा पनि पारलैंगिक समुदायले गौरवको महिनालाई विविध कार्यक्रम गरी उल्लासपूर्वक मनाउन थालेका छन् । सोही अन्तर्गत पारलैंगिक समुदायले नेपालमा यस वर्षको पहिलो प्राइड परेड अर्थात् गौरवको र्‍याली पोखरामा आईतबार निकालेका छन् ।

    images
    images

    गौरवको र्‍यालीमा सहभागी हुन पोखराको हल्लनचोकमा पारलैंगिक समुदायका साथै समुदायलाई सहयोग गर्ने नागरिकको उपस्थिति थियो । इन्द्रेणी रंगको झन्डा, कपडाले पारलैंगिक समुदायलाई इंगित गर्ने गर्छ ।

    सोही झन्डा बोकेर, ब्यानर लगाएर, गीत बजाउँदै बाराहीचोकसम्म उनीहरुले  र्‍याली निकालेका थिए ।

    निलहिरा समाजको अगुवाई तथा नौलो विहानी पोखराको संयोजनमा निस्किएको र्‍यालीमा पारलैंगिक समुदाय खुसी देखिन्थे ।

    निलहिरा समाजकी वकालत अधिकृत एन्जल लामाले गौरवको महिना र र्‍याली पारलैंगिक समुदायले आफ्नो पहिचान देखाउने तथा प्राप्त गरेको उपलब्धीप्रति गर्वका गर्नका निमित्त मनाइने बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखराको हल्लनचोक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।