राहुल देव सापकोटा, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ मा रहेकोे जनता आधारभुत विद्यालयमा पोषाक वितरण कार्यक्रम सम्पन्न भएको छ।
वडा भित्र रहेका विभिन्न सामुदायिक विद्यालय छनोट गरि पोषाक वितरण गर्ने क्रममा सो विद्यालयलाइ पनि पोषाक वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम देवदह नगरपालिका वडा नं ११ का वडाध्यक्ष दुद्द्नाथ यादवले विद्यार्थीको आर्थिक अवस्था अत्यन्तै न्यून रहेको र विद्यालय पोषाक सम्म लगाउने स्थिति नभएकाले आफुहरुले सो विद्यालयलाइ छनोट गरि पोषाक वितरण गरिएको वताए। विद्यालयलाइ सुन्दर शान्त वातावरणमा अध्यन गराउनका लागि विद्यालय प्रशासन, वडा, शिक्षक सङ्गै अभिभावक बिच सम्बन्ध राम्रो हुनुपर्ने बताए।
कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक गणेश सापकोटाले आफ्नो विद्यालयलको स्थिती अत्यन्तै नाजुक रहेको र यस्तो अवस्थामा वडाले पोषाक सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयकी शिक्षिका अमृता सिग्देलले विद्यार्थी सङ्ग समन्वय गरि पोषाक वितरणमा सहयोग गरेकी थिइन ।
कार्यक्रममा विद्यालयका कारिव ६० विद्यार्थीलाई पोषाक वितरण गरिएको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक बाबुराम चौधरीको अध्यक्षता र शिक्षक दुर्गा दत्त बस्यालको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology