Logo

२०८३, आश्विन ९गते


images
images

हिमालपारीको जिल्ला  मुस्ताङमा दोश्रो प्रदेश स्तरिय परम्परागत तारा खेल सुरु  

हिमालपारीको जिल्ला  मुस्ताङमा दोश्रो प्रदेश स्तरिय परम्परागत तारा खेल सुरु  

images
  • हिमालपारीको जिल्ला  मुस्ताङमा दोश्रो प्रदेश स्तरिय परम्परागत तारा खेल सुरु  
    images
    images

    राजेश पराजुली गण्डकी प्रदेश । हिमालपारीको जिल्ला मुस्ताङमा दोश्रो प्रदेश स्तरिय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता मुस्ताङ थासाङ गाउँपालिका स्थित लेतेमा सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन् संघिय सांसद योगेश गौचन थकालीले एक समारोहका विच गरेका छन् ।

    images
    images
    images

    सो अवसरमा आफ्नो भनाई राख्दै सांसद गौचनले नेपालका विशेष ठाउँमा खेलिने परम्परागत खेलको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने कुरामा जोड दिए । “जुन उद्धेश्यका साथ यो प्रतियोगिता आयोजना भएको छ त्यसका लागि म आभार व्यक्त गर्दछु”, उनले जोड दिंदै भने–“गण्डकी प्रदेशमा हुने परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानियहरुलाई समेत आफै जागरुक बनाउँदै निति निर्माण तहमा नै यसलाई स्थापित गरिनु पर्छ ।”

    images
    images
    images

    सो अबसरमा सांसद गौचनले प्रतियोगितालाई सहयोग गर्ने विभिन्न स्थानिय क्लब तथा संघ संस्थाहरुलाई सम्मानपत्र द्वारा सम्मान समेत गरेका थिए ।प्रतियोगितामा बिजेता खेलाडीहरुलाई यदि कुनै विशेष प्रशिक्षणका लागि आवश्यक भएमा व्यक्तिगत रुपमा पूर्ण सहयोग गर्ने सांसद गौचनले प्रतिवद्धता समेत जनाए । उनले संघिय सरकारले २०८०/०८१ का लागि सहाशिक खेलकुदको विकासका लागि समेत बजेट छुट्टाएको बताउँदै यसले नेपाली खेलकुदको विकासका लागि महत्वपूर्ण रहने उल्लेख गरे ।

    images
    images
    images

    प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, परिषदका सदस्य बसन्तराज दवाडी, परिषदका कार्यालय प्रमुख तोपलाल भुसाललगायतले परम्परागत आर्चरी खेलको महत्वका बारेमा आफ्ना भनाई राखेका थिए । प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुई टिम गरी ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता सुरु हुनु अगावै कालापानीबाट एक र्‍यालीले बजार परिक्रममा समेत गरेको थियो । लेतेस्थित गाउँसमाज भवनमा भएको उद्घाटन कार्यक्रममा पारम्पारिक पुजा गरिनुका साथै लोक सांस्कृति नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।