Logo

२०८३, कार्तिक २६गते


images
images

पोखरामा ट्राभल संघसंस्थाको छाता संस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएन’ पाटाको शिखर सम्मेलन सुरु

पोखरामा ट्राभल संघसंस्थाको छाता संस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएन’ पाटाको शिखर सम्मेलन सुरु

images
  • पोखरामा ट्राभल संघसंस्थाको छाता संस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएन’ पाटाको शिखर सम्मेलन सुरु
    images

    राजेश  पराजुली, पोखरा । पर्यटकीय शहर पोखरामा आजदेखी एसिया प्रशान्त क्षेत्रका ट्राभल संघसंस्थाको छाता संस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएन’ पाटाको शिखर सम्मेलन सुरु हुँदैछ । शिखर सम्मेलन र एडभेन्चर ट्राभल मार्टको आवश्यक सम्पूर्ण तयारी पूरा भएर सुरु हुन लागेको हो ।

    images
    images
    images

    जेठ १९ गतेसम्म सम्मेलन चल्नेछ। नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनले कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्न सहयोग गर्ने पाटाका सचिव सुमन पाण्डेले बताए ।

    images
    images
    images

    शिखर सम्मेलनमा २२ मुलुकका १६० जना पाहुन सहभागी हुनेछन्। क्रेता र बिक्रेतासहित करिब २ सय ५० जना सहभागी हुने बताइन्छ ।

    images
    images


    पाटाको बोर्ड बैठक, वार्षिक सम्मेलन र कोरोनापछिको पर्यटन प्रबद्र्धनका आयाम बारेमा अन्तरक्रिया हुनेछ। बिजनेस टु बिजनेस कार्यक्रम हुनेछ ।

    अन्तर्राष्ट्रिय ट्राभल उद्योगमा ख्यातिप्राप्त वक्ताले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाइ सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनका सवालमा विचार गोष्ठि हुनेछ।

    ‘पोखराको प्रबद्र्धन गर्ने कार्यक्रम ल्याएका छौं। विमान दुर्घटनापछि जे जति पोखराको इमेज डेन्जर डेस्निेसन भनिएको थियो। यो ठाउँ सुरक्षित छ भन्ने म्यासेज विश्वलाई दिनेछौं’, पाटा महासचिव पाण्डेले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्राभल संघसंस्था
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।