Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल प्रेस युनियन रुपन्देहीद्वारा रक्तदान,५१ युनिट रगत संकलन

नेपाल प्रेस युनियन रुपन्देहीद्वारा रक्तदान,५१ युनिट रगत संकलन

images
  • सेतोमसी सहकर्मी
  • नेपाल प्रेस युनियन रुपन्देहीद्वारा रक्तदान,५१ युनिट रगत संकलन
    images
    images

    बुटवल । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युनियन रुपन्देहीको आयोजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा कार्यक्रम भएको हाे । साे अवसरमा ५१ जनाले रक्तदान गरेको युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराए। त्यसमध्ये १५ जना पहिलो पटक रक्तदान गर्ने नयाँ रक्तदाता रहेको उनले बताएका छन । 

    images
    images
    images

    रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले मानवको जीवन रक्षासंग जोडिएको रक्तदान कार्यक्रम राखेर राम्रो कामको सञ्चार गरेको बताइन । उनले लोकतन्त्रको स्थापनामा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउँदै यसको रक्षा तथा संस्थागत विकासमा पनि योगदान गर्न आग्रह गरेकी थिइन। 

    images
    images
    images

    कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष नेपालले श्रमजीवि पत्रकारहरुको पक्षमा भूमिका खेल्न र सोही अनुसारको कानुन बनाउन नेपाली काँग्रेस, राजनीतिक दलहरु र सरकारको ध्यानाकर्षण गराएका थिए।

    images
    images
    images

    रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यले रगतको उपलब्धता र रक्तदान संस्कारको विकासको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कल्पना शर्माले बताइन।

    रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु ,युनियनका अग्रज ,पूर्व तथा निवर्तमान अध्यक्षहरु शुभेच्छुकहरुको बाक्लाे सहभागिता रहेको थियो ।

    युनियनको स्थापना दिवसको अवसरमा हिजो,आज र भोली केन्द्रीय समिति तथा देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाईदैं छ।प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लोकतन्त्रवादी पत्रकारहरुको सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना गरिएको थियो ।

    हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।