Logo

२०८३, आश्विन ११गते


images
images

शरणार्थी प्रकरणमा नाम आएकाहरुमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ : गगन थापा

शरणार्थी प्रकरणमा नाम आएकाहरुमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ : गगन थापा

images
  • शरणार्थी प्रकरणमा नाम आएकाहरुमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ : गगन थापा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन् । अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको भन्दै उनले यसमा संलग्न कोही पनि छुट्न नहुने बताए ।

    images
    images
    images

    सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अहिले जसरी नामहरु आएका छन्, यसले लाज पनि लजाएको जस्तो भएको बताए । बाहिर आएका नामहरु हेर्दा जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हो कि जस्तो देखिएको भन्दै उनले अगाडि भने, ‘जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ ।’

    images
    images
    images

    ‘सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो, कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ’ उनले भने ।सरकारपछि न्यायालयको पनि परीक्षा हुने महामन्त्री थापाले भने । ‘न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ’, उनले भने ।

    images
    images
    images

    शरणार्थी प्रकरणमा महामन्त्री थापाको भनाइ उनकै शब्दमा

    अहिले जसरी नामहरु आउन थालेको छ, यसले लाज पनि लजाएको जस्तो भएको छ । को को परेको हो ? को को नपरेको हो ? सुन्दासुन्दै हाम्रो वरिपरि भएका, जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हो कि जस्तो लाग्न थालेको छ ।

    यसमा सरकारको परीक्षा छ । अनुसन्धान कसरी भइरहेको छ ? सबै नागरिकले हेरिरहेका छन् । चाहे सलाम गर्ने मान्छे होस्, चाहे सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन, मैले गरिनँ भन्ने कुराले कसैले पनि मुक्ति पाउने अवस्था छैन ।

    सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ । यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक–एक मान्छे, चाहे घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस्, चाहे नेता होस्, चाहे नाता होस्, चाहे सलाम गर्ने होस्, चाहे सलामी लिने होस् । एक जना मान्छे पनि छुट्नु हुँदैन । दूधको दूध, पानीको पानी हुनुपुर्छ, आम नागरिकले चाहेको यही हो ।

    सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो, कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।