Logo

२०८३, कार्तिक २७गते


images
images

शान्तिपुर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक : गृहमन्त्री श्रेष्ठ

शान्तिपुर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक : गृहमन्त्री श्रेष्ठ

images
  • सेतोमसी सहकर्मी
  • शान्तिपुर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक : गृहमन्त्री श्रेष्ठ
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश आफ्नो गृह जिल्ला गोरखा आएका छन ।गृहमन्त्री श्रेष्ठ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारणसभाको समुद्घाटन गर्न गोरखा आएका हुन ।

    images
    images
    images


    गृह जिल्ला आएका श्रेष्ठले कार्यक्रम शुरु हुनु अघि कार्यकर्ता भेटघाट गदै शान्तिपुर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको बताए ।

    images
    images
    images


    उनले सरकार, सदन र सडक तिन वटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गरे।
    सामाजिक न्याय सहितको समृद्धिको लागि सरकारलाई सफल बनाउन कार्यकर्तालाई सहयोग गर्न गृहमन्त्री श्रेष्ठले अपिल गर्दै ।

    images
    images


    गृहमन्त्री श्रेष्ठले जोसुकै भएपनि भ्रष्टाचारीलाई नछाड्ने बताएका छन । जुन सुकै पार्टीको होस् जो सुकै होस् भ्रष्टाचारी लाई कार्वाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
    अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोहि नेताकार्यकर्ता दोषी देखिए उनीहरुलाई पनि कार्वाही गरिने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रुपान्तरण सहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको बताए।


    उनले पार्टी भित्र गुट बनाउनु अपराध भएको बताए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सम्पुर्ण नेताकार्यकर्ता एकताबद्ध भएको जिकिर गर्दै श्रेष्ठले कोही कसैले गुटबन्दी गरेको छ भने त्यो अपराध हो ।


    उनले नेकपा माओवादी केन्द्र बृहत बाम समाजवादी एकताको पक्षमा रहेको पनि बताए। एउटा शक्तिशाली पार्टी निर्माणको अभियानमा छौ श्रेष्ठले छिट्टै एकीकृत, क्रान्तिकारी शक्ति निर्माण गर्छौ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।