काठमाडौं । आज गण्डकी प्रदेशका केही स्थानमा पानी पर्न सक्छ । अन्य प्रदेशका पहाडी केही स्थानमा पनि चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान छ । महाशाखाका अनुसार, कोशी प्रदेश र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ ।
‘देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ’, मौसम पूर्वानुमान महाशाखाको सूचनामा भनिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology