काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अपरान्ह ४ बजे सम्बोधन गर्दैै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।
स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बीचमा राष्ट्रपति पौडेलले आफैँ प्रस्तुत गर्ने भएका हुन् ‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश नगर्ने भन्ने बाहिर कुराहरु आएका थिए तर राष्ट्रपतिले आफैँ प्रस्तुत गर्ने निधो भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
उनका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न कुनै समस्या रहेको छैन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भएपछि यसअघि नै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि अनुरोध गरिसकेका छ भ्रष्टाचारीलाई कारबाही गर्ने प्रमुख एजेन्डा समावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिले स्वास्थ्यका कारण असम्भव भएमा प्रधानमन्त्री दाहालले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यसअघि चर्चा भएको थियो । तर राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने टुंगो भएको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology