Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा आवासीय मा.वि मा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम 

सगरमाथा आवासीय मा.वि मा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम 

images
  • सगरमाथा आवासीय मा.वि मा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम 
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित सगरमाथा आवासीय मा.वि.ले  कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको अभिभावक र शिक्षक बिच अन्तरक्रिया कार्यक्रम आज सम्पन्न गरेको छ । विद्यालयको योजना  तर्जुमा एवम् नीति निर्माणमा अभिभावको रायलाई समेत समेट्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । 

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले असल विद्यार्थी उत्पादनमा घर  र अभिभावको समेत महत्वपूर्ण भुमका रहने हुँदा अभिभावकले आफ्ना नानीवावुका घरायसी क्रियाकलापमा विषेश निगरानी गर्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    कार्यक्रममा कक्षा शिक्षकहरु सुमन पाण्डे, दधिराम ज्ञावाली र सुरज पौडेलले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टिगत विवरण प्रस्तुत गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले घोकन्ते शिक्षामा भन्दा मौलिकता र सिर्जनशील क्रियाकलापमा विशेष जोड दिनुपर्ने बताए । 

    ७५ जना अभिभावकहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह–प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा आवासीय मा.वि.
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।