Logo

२०८३, आश्विन ११गते


images
images

लोपोन्मुख पन्चेबाजा बचाउँदै लाङ्घाली समूदाय

लोपोन्मुख पन्चेबाजा बचाउँदै लाङ्घाली समूदाय

images
  • सेतोमसी सहकर्मी
  • लोपोन्मुख पन्चेबाजा बचाउँदै लाङ्घाली समूदाय
    images
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिका १ च्यूरेकको बुढाआँप क्षेत्र शुक्रबार साँझैसम्म पन्चेबाजाले गुन्जयमान छ।

    images
    images
    images

    रिडी माध्यमिक विद्यालयका प्रधानध्यापक रोहित भण्डारीका छोरा रोशन भण्डारीको बिहेको भोजमा विहानैदेखि निम्तालु त आएका छन नै; सँगै पारी कालिपारबाट मगाईएका पन्चेबाजाको समूहले बाजा बजाएर आँगन रन्काएका मात्र छैनन, निम्तालुहरुलाई मज्जाले कम्मर मर्काईमर्काई नचाएका पनि छन ।

    images
    images
    images

    पन्चेबाजा बजाउने १२ जनाको समुहले एकै बान्कीका पहिरन लगाएका छन भने मगर समुदायको पहिचान झल्किने खुर्पेटोमा हँसिया भएको लोगो रहेको कालो टोपि शिरमा ढल्काएका छन ।

    images
    images
    images

    यो क्षेत्रमा वारि गुल्मीकाले पारि स्याङ्जाकालाई कालिपारे र पारि स्याङ्जाकाले वारि गुल्मीकालाई पनि कालिपारे भन्ने चलन छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको कारीकोट क्षेत्र अत्यधिक मगर बस्ति अझै त्यसमा पनि किपट छिस्दीमा त कुरै गर्नु परेन ।

    त्यहीँ छिस्दीका मोतिलाल घर्ति मगरको पहलमा २०७१ सालमा लाँघाली पन्चेबाजा समूह गठन भएपछि गाउँगाउँमा बाजा बजाउन जान थालेको र यो समूह लाई फुर्सद नै नहुने मोतीलालले बताए ।

     शुरुमा १ लाख १४ हजारमा पन्चेबाजा किन्यौँ र स्थानीय केशर ढकालको निर्देशनमा करिब तीन महिना बाजा बजाउने तालिम लिएको र त्यसपछि बजाउँदा बजाउँदै बानी परेको यो समूहका अध्यक्ष समेत रहेका मोतिलाल घर्तिमगरले बताए  ।

    यतिबेला यो समूहसँग तालिमप्राप्त बाजा बजाउने समूह छ भने टेम्को, ढोलकी, दमाहा २ जोडि, झ्याली,
    सहनाई १ जोडि, नरशिँहा, करनाल १ जोडि बाजा रहेको छ।

    गाउँ घरमा हुने बिबाह, ब्रतबन्ध, अन्य अनुष्ठान, पन्चबलि लगाएतमा यो समुहलाई भ्याईनभ्याई हुन्छ ।

    त्यसो त लाँघाली पन्चेबाजा समूहभित्र कारिकोटका ६५ भन्दा बढि स्थानीय वासि आवद्ध छन । कुनै पनि ठाउँमा बाजा बजाउन जाँदा यो समुहको दैनिक ज्याला पच्चीस हजार हो । यो रकमबाट केही रकमले समूहको कोष निर्माण हुन्छ भने बाजा बजाउन जानेलाई पारिश्रमिकको पनि व्यवस्था यसैबाट हुने गरेको वाध्यवादक समुहका केश बहादुर घर्तिमगरले बताए ।

    शुरुमा गाउँका समूहले थोरै रकम उठाएर शुरु गरेको यो अभियानमा यतिबेला नौलाख भन्दा बढि कोष जम्मा भएको छ ।

    "यो कोषको रकमले समुहका सदस्यलाई गर्जा टार्न निश्चित व्याजदरमा लागानी गरिएको छ भने कुनै अप्ठ्यारो पर्दा सहयोग र सामाजिक विकासमा खर्चपनि हुने गरेको छ" अध्यक्ष मोतिलाल घर्तिमगरले भने ।

    साँस्कृतिक अभियानमा अत्यन्तै कृयाशिल मोतिलाल घर्तिमगर यो क्षेत्रमा भजन, मगर समुदायको ठुलो नाच लगाएत अन्य लोपोन्मुख साँस्कृतिलाई उजागर र सँरक्षणमा लागेको साँस्कृतिक अभियन्ताको रुपमा स्थापित छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लोपोन्मुख पन्चेबाजा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।