Logo

२०८३, कार्तिक २७गते


images
images

दोश्रो राष्ट्रिय पोखरा महानगर र मोहन मेमोरियल खुल्ला तथा अन्तर बिद्यालय राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा कास्कीको मैत्रि पाठशाला च्याम्पियन

दोश्रो राष्ट्रिय पोखरा महानगर र मोहन मेमोरियल खुल्ला तथा अन्तर बिद्यालय राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा कास्कीको मैत्रि पाठशाला च्याम्पियन

images
  • सेतोमसी सहकर्मी
  • दोश्रो राष्ट्रिय पोखरा महानगर र मोहन मेमोरियल खुल्ला तथा अन्तर बिद्यालय राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा कास्कीको मैत्रि पाठशाला च्याम्पियन
    images

    राजेश  पराजुली, पोखरा  । पोखरामा शनिबार अबेर सम्पन्न भएको भदे दोश्रो राष्ट्रिय पोखरा महानगर र मोहन मेमोरियल खुल्ला तथा अन्तर बिद्यालय राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा कास्कीको मैत्रि पाठशाला च्याम्पियन भएको छ । गत बर्षको च्याम्पियन ग्यालेक्सि पव्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्रि पाठशाला च्याम्पियन भएको हो ।

    images
    images
    images


    पोखरा महानगरपालिका खेलकुद विकास समिति र मोहन भुगोल व्याडमिन्टन फाउण्डेसनको संयुक्त आयोजनामा पोखरा रगंशालाको व्याडमिन्टन कोर्टमा शनिबार बेलुका अबेर सम्पन्न भएको वडा स्तरिय प्रतिप्रर्धामा भने पोखरा १६ ले बाजी मारेको छ ।

    images
    images
    images


    निमावि छात्र एकल तर्फको खेलमा काठमाण्ठौंको क्याम्पियन स्कुलका सुदेस राजकोटीले काठमाण्डौंकै रोज म्यारी आइडलका दियोन भण्डारीले शनिबार भएको फाइनल खेलमा २१—८, २१—५ को सोझो सेटमा पराजित गरी प्रथम भए । त्यस्तै निमावि छात्रा एकल तर्फ कास्कीको मैत्रि पाठशालाकी निभा राईले फाइनल खेलमा बिद्या बिकासकी आस्ना श्रेष्ठलाई २१—१४, २१—१४ को सेटमा पराजित गर्दै विजेता भईन्। निभा यू—११ की राष्ट्रिय खेलाडी हुन्।

    images
    images

    प्रतियोगितामा कास्कीकी मैत्रि पाठशालाकी निभा राई उदीयमान खेलाडी घोषित भईन । उनलाई माउण्टेन वाइक समेत पुरस्कार प्रदान गरिएको छ । उनको बिद्यालय उत्कृष्ट स्कुल समेत हुन सफल भएको छ । जसले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भयो ।


    मावि छात्र एकल तर्फको खेलमा बागमती अल्टरनेटिभका सुविन श्रेष्ठले फाइनल खेलमा श्रीकृष्ण संस्कृत तथा साधारण माविका इन्केशसिंह ठकुरीलाई २१—७, २१—५ को लज्जास्पद रुपमा पराजित गर्दै प्रथम भए ।


    त्यस्तै मावि छात्रा एकल तर्फको खेलमा पोखराको सेन्टम्यारिज स्कुलकी यू १७ की राष्ट्रिय च्याम्पियन दिलासा रानाले काठमाण्डौंकी ग्लालेक्सी पव्लिक स्कुलकी रिहान शेरचन फाइनलमा २३—२१, २१—१४ को सेटमा पराजित गर्दै प्रथम भए ।


    ३५ बर्ष माथि उमेर समुह युगल पुरुष तर्फ कास्कीका बिशाल खड्का र त्रिभुवन आर्मी क्लवका सुरज मर्हजनको जोडीले फाइनल खेलमा चितवनका विधान गुरुङ र कुस्माका राजन गुरुङको जोडीलाई २१—११, २१—१४ को सेटमा पराजित गर्दै विजेता भए ।

    त्यस्तै ४५ बर्ष माथि उमेर समुह युगल पुरुष तर्फ कास्कीका डोलराज आले र पर्वतका प्रेम गुरुङको जोडीले कास्कीका नर बहादुर गुरुङर बाँकेका अनिल लाखेको जोडीलाई २१—१६, २१—९ को सेटमा पन्छाउदै प्रथम भए । ५५ बर्ष माथि उमेर समुह युगल पुरुष तर्फ चितवनका बि.चौधरी र धादिङका बि.लाल श्रेष्ठको जोडीले कास्कीका बाबुराम पन्त र कास्कीकै महेश शाक्यको जोडीलाई २१—१६, २३—२१ को सेटा पराजित गर्दै प्रथम भए ।


    पोखरा महानगर वडा स्तरिय पुरुष डवल तर्फको खेलमा पोखरा १६ का अनिल बस्नेत र बिशाल बस्नेतको जोडीले फाइनल खेलमा पोखरा १६ कै इसान खङड्का र आशिस श्रेष्ठको जोडीलाई २१—११, २१—१४ को सेटमा पराजित गर्दै विजेता भए । वडा स्तरियमा समेत पोखरा १६ उत्कृष्ट वडा घोषित भएको छ । प्रतियोगितामा निमावि छात्रा तर्फ अस्मिता खत्रि भने उत्कृष्ट खेलाडी घोषित भईन । त्यस्तै निमावि छात्र तर्फ काठमाण्डौंको रोजमेरी आइडोलका दवन भण्डारी उत्कृष्ट खेलाडी घोषित भए ।


    प्रतियोगितामा निमावि स्तरिय बिजेता खेलाडीहरुलाई गिफ्ट ह्याम्पर उपहार प्दान गरियो भने अन्य विधामा प्रथम हुनेलाई ३०, दोश्रोलाई २० र तेश्रो हुनेलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको छ ।


    विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी समाजसेवी एवं रामघाट गुम्बाका संस्थापक विल बहादुर गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, जिल्ला अध्यक्ष शुसिल कुमार श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पोखरा १६ का अध्यक्ष अमृत तिमिल्सिना, फाउण्डेसनका अध्यक्ष भुगोल गुरुङ, पोखरा खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कार्यक्रम संयोजक सुर्वण गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

    उक्त अवसरमा कास्की जिल्ला व्याडमिन्टन संघका संस्थापक अध्यक्ष जयराज हमाललाई बिषेश सम्मान गरिएको थियो ।


    उक्त प्रतियोगितामा अन्तराष्ट्रिय कम्पनी भदे नेपालले मुख्य प्रायोजन गरेको फाउण्डेसनका सचिव बरदान ताङ्घवे लामाले बताए । चर्चित भदे कम्पनीले ट्रेकिङका सामानहरु बिक्रि गर्दै आएको छ । प्रतियोगिता वैशाख २७ देखि सुरु भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मैत्रि पाठशाला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।