Logo

२०८३, आश्विन ११गते


images
images

नक्कली भुटानी शरणार्थी प्रकरण

पुर्वगृहमन्त्री खाणको चुनाबी क्षेत्रमा भ्रष्टाचार विरुद्ध युवाहरूको खबरदारी

पुर्वगृहमन्त्री खाणको चुनाबी क्षेत्रमा भ्रष्टाचार विरुद्ध युवाहरूको खबरदारी

images
  • पुर्वगृहमन्त्री खाणको चुनाबी क्षेत्रमा भ्रष्टाचार विरुद्ध युवाहरूको खबरदारी
    images
    images

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका हाल प्रहरी हिरासतमा रहेका पुर्वगृहमन्त्री बालकृष्ण खाणको चुनाबी क्षेत्र हो। जहाँका नागरिकले बारम्बार यस क्षेत्रबाट उनलाई निर्वाचनमा जिताएर पठाएका छन् र उनको जीतमा उत्सव मनाएका छन्। नेपाली कांग्रेसका युवा नेता समेत भनेर चिनिने उनलाई निर्वाचन जिताउन यहाँका युवाहरूले सधैजसो मुख्य भूमिका निर्वाह गरेका थिए। 

    images
    images
    images

    तर, शनिबार तिलोत्तमामा फरक दृश्य देखियो। सधैजसो खाणको समर्थनमा उनको चुनावी अभियानमा देखिने युवाहरू समेतले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरे।  स्वतस्फुर्त रूपमा निस्किएको युवाहरूको प्रदर्शनमा 'राजनीतिक भ्रष्टाचार विरुद्ध एकजुट हौँ',  'सरकार हिम्मतका लागि आभार, खुट्टा कमाए खबरदार !' जस्ता प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

    images
    images
    images

    bhrastachar biruddha khabardari rupandehi.jpg

    images
    images
    images

    युवाहरूको प्रदर्शनपछि तिलोत्तमाको मुख्य बजार क्षेत्र मणिग्राममा स्थानीय युवा छबिलाल डुम्रेले सम्बोधन गर्दै भ्रष्टाचारीको कुनै विचार, राजनीति र दल नहुने बताए।  भ्रष्टाचारीहरू कहिले राजनीतिकर्मी त कर्मचारीको आवरणमा देखिने बताउंदै उनले भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गर्नुपर्ने विचार व्यक्त गरे। 

    प्रदर्शनपछि सेतोमसीसंग कुरा गर्दै युवा डुम्रेले सरकारले गरेको राम्रो कामलाई समर्थन गर्दै खुट्टा नकमाउन दबाब स्वरूप प्रदर्शन गरिएको बताए। प्रदर्शनमा पुर्व गृहमन्त्री खाणका छिमेकी युवाहरू समेत सहभागी रहेको उनको भनाई छ। 


        

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।