Logo

२०८३, कार्तिक २७गते


images
images

ओलीको आरोपः कसलाई कसरी तेजोबध गर्न सकिन्छ भन्ने चाल चलिएको छ

ओलीको आरोपः कसलाई कसरी तेजोबध गर्न सकिन्छ भन्ने चाल चलिएको छ

images
  • ओलीको आरोपः कसलाई कसरी तेजोबध गर्न सकिन्छ भन्ने चाल चलिएको छ
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा कसलाई कसरी तेजोबध गर्न सकिन्न भन्ने चाल चल्ने काम भइरहेको आरोप लगाएका छन् ।

    images
    images
    images

    विहीबार पार्टी मुख्यालयमा पार्टीको पाँचौं केन्द्रीय समितिको बैठक सुरुवात गर्दै अध्यक्ष ओलीले भने, ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न छाडेर कसरी कसलाई तेजोबध गर्न सकिन्छ भन्ने कुरा पनि चालेका छन् ।’

    images
    images
    images

    नक्कली भुटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै उनले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुने बताए । ‘यसबाट अर्को कसैले यसलाई यही दिन देख्नका लागि गणतन्त्र ल्याउनुपरेको थियो भनेर भन्ने अभिव्यक्ति थियो अथवा गणतन्त्रमा भ्रष्टाचार हुन्छ राजतन्त्रात्मक प्रणाली भएको भए हुँदैनथ्यो भन्ने भाष्य बनाउन खोजिएको छ’ उनले भने, ‘जुनसुकै प्रणालीमा पनि भ्रष्टाचार हुनसक्छ ।’

    images
    images

    प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्ने बताए । ‘भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ’ उनले भने, ‘हामीले सरकारलाई लगातार यही कुरा भनेका छौं ।’

    बैठक सुरु हुनुअघि अध्यक्ष ओलीले पत्रकारसँग कुरा गर्दै आफूले ०४७ सालदेखि यताका सबै भ्रष्टाचारबारे छानबिन गर्न सरकारलाई भनेको बताए । सरकारले अहिले भ्रष्टाचार नियन्त्रणका लागि कदम चालेकोमा खुसी लागेको उनले बताए । तर उनले प्रधानमन्त्री प्रचण्डले भनेजस्तो फिल्मको प्रतीक्षा गरेको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओलीको आरोपः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।