राजेश पराजुली, पोखरा ।पोखरा मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष किरण श्रेष्ठको निधन भएको छ । उनको आज बिहान हृदयाघातका निधन भएको हो । पोखरास्थित रोजिना प्रेसका सञ्चालक श्रेष्ठको ४७ वर्षको उमेरमा निधन भएको हो ।
उनलाई बिहान करिब ५ बजेतिर हृदयाघात भएको थियो । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो। उनलाई बिहान ६ः३० बजे चिकित्सकले निधन भएको घोषणा गरेका थिए ।
गोरखाको बुङ्कोट घर भएका श्रेष्ठ मुद्रण उद्योग संघ, लायन्स र विभिन्न संघसंस्थामा आवद्ध छन् । उनका श्रीमती र दुई छोरी छन् । मुद्रण उद्योग संघ कास्कीका कोषाध्यक्ष पदम श्रेष्ठका अनुसार स्व. श्रेष्ठको आज साँझ अन्त्येष्टि गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology