Logo

२०८३, कार्तिक २७गते


images
images

रेसुँगामा महायज्ञ शुरु, अयाेध्यासँग सर्किट जाेड्ने प्रयास 

रेसुँगामा महायज्ञ शुरु, अयाेध्यासँग सर्किट जाेड्ने प्रयास 

images
  • रेसुँगामा महायज्ञ शुरु, अयाेध्यासँग सर्किट जाेड्ने प्रयास 
    images

    गुल्मी  । गुल्मीको ऐतिहासिक तथा धार्मिक प्रसिद्धस्थल रेसुंगामा शनिबार देखि महायज्ञ सुरु भएको छ । रेसुंगा यज्ञशालामा यहि बैशाख ३१ गतेसम्म सञ्चालन हुने ‘श्रीराम कथा वाचन महामहोत्सव एवम् विराट सन्तभक्त दर्शन मेला’ को विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले उद्घाटन गरे ।

    images
    images
    images

    अधिकारीले सनातन बैदिक हिन्दू विश्वमै उत्कृष्ट धर्म भएको बताउँदै कोभिडपछि यसलाई विश्वका धार्मिक चर्चमा समेत हिन्दू देवताका मूर्ति राख्न थालिएको बताए। नेपालमा केही मानिसहरुको लोभका कारण हिन्दू धर्म माथि विचलन आएको र हिन्दू धर्मले समाजमा जातीय विभेद बिना धार्मिक कार्यहरुमा समावेश गराएर हिन्दूधर्मको विकास गर्नुपर्ने उनकाे राय थियाे ।

    images
    images
    images

     भारतका योगी शम्भुनाले  ऋष्य श्रृङ्ग्यले अध्योध्याका राजा दशरथलाई पुत्रेष्टि यज्ञ गराएर मर्यादा पुरुष रामचन्द्र, लक्ष्मण भरत शत्रुधनको जन्म भएको र पछि रामचन्द्र लगायतका भाइले जनकपुरका राजा जनकी छोरी सिता लगायतलाई विवाह गराएका कारण डोली र चेलिबेटीको सम्बन्ध नेपाल र भारतबीचको रहेको बताए ।

    images
    images

    उदघाटनका अवसरमा  त्रिपति बालाजी त्रिपुत्री बेदान्ताचार्य जयमाताले नेपाल आफैमा पवित्र भूमि भएको बताउँदै यहाँको ढुंगो लगेर देवताको रुपमा पुजा गरिने, माटो अति पवित्र मानि टिका लगाइने यस्तो पवित्र भूमिमा जन्मन पाउनु अहो भाग्य रहेको उल्लेख गर्दे आफ्ना पूर्वज नेपालकै भएका कारण पनि नेपाललाई अगाढ माया लाग्ने बताईन ।
     
    पाल्पाको अर्गलीका हाल बैदिक सनातन धार्मिक महासंघ भारतबाट बेदमा पिएचडि गर्दै गरेका बालगुरु विष्णु काश्यपले मानिस आचरणभित्र बस्नुपर्ने बताउँदै पाँचवटा आचरणका विषयमा जोड दिए ।

    रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको बिशिष्ट आतिथ्यता, रेसुंगाधामका बह्मचारी तदर्थानन्द महाराज, कथा प्रवक्ता तथा वाचक मठ जोगिनी बाडा पिकेनर राजस्थान भारतका योगी शम्भुनाथजी महाराज, श्रीराम अयोध्याधाम भारतका स्वामी राजेन्द्रनन्दजी महाराज, त्रिपति बालाजी त्रिपुत्री बेदान्ताचार्य जयमाता, बाल गुरु विष्णु काश्यप, धार्मिक अभियान्ता मधुसुधन गैरे, नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति त्रैलोक्यप्रताप सेन, स्याङ्जा जिल्लाका जिल्ला न्याधिश रोमकान्त ज्ञवाली, गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मिना अर्याल, पूर्व लेखा अधिकारी एवम् प्रान्त सह–कार्यालय प्रमुख महिपाल सिंङ, स्वर्गद्वारी आश्रमका सञ्चालक एवम् तारा गाउँ विकास समितिका पूर्व कार्यकारी अधिकृत ईन्जियर झविन्द्रप्रसाद ज्ञवाली, नेकपा माओवाली केन्द्रका जिल्ला अध्यक्ष अध्यक्ष वीरबहादुर कार्की, रेसुंगा नगरपालिकाका वडाअध्यक्षहरु रामप्रसाद पन्थी, बाबुराम खत्री, र कृष्णप्रसाद पाण्डे, सीताराम मन्दिर भुवाने डाँडाका निर्माणकर्ता सुब्बा ईन्जिनियर टोपबहादुर बस्नेत, विभिन्न कार्यालय, संघसंस्था, एवम् वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधि, रेसुंगा संरक्षण समितिका पदाधिकारी, आजिवन, वरिष्ठ र विशिष्ट सदस्यहरु, अन्य धार्मिक गुरुहरु लगायतको बिशेष सहभागिता रहेको थियो ।

    रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालको अध्यक्षता उपाध्यक्ष मोतिप्रसाद खनालको स्वागत मन्तव्य तथा सचिव गोपाल पन्थीको सञ्चालन रहेको थियो ।  सोही अवसरमा सत्यसाई केन्द्रले स्वस्ति वाचन तथा भजनकिर्तन प्रस्तुत गरेको रेसुंगा संरक्षण समितिका सदस्य रामचन्द्र पन्थीले जानकारी दिए ।
      महायज्ञका लागि नेपाल तथा भारतका प्रसिद्ध धार्मिक स्थलबाट अन्य सन्त, महन्तहरु आउने क्रम जारी रहेको रेसुंगा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।