Logo

२०८३, कार्तिक २६गते


images
images

उत्तरी गोरखाको नाक्चेतमा बल्ल पुग्यो मोटर

उत्तरी गोरखाको नाक्चेतमा बल्ल पुग्यो मोटर

images
  • उत्तरी गोरखाको नाक्चेतमा बल्ल पुग्यो मोटर
    images

    राजेश पराजुली गण्डकी प्रदेश । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउपालिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

    images
    images
    images

    “रुइलाभज्याङ नाकाको सडकखण्डअन्तरगत पालिकाको केन्द्र फिलिमपारीको गाउँ नाक्चेतसम्म मोटर आइपुगेको छ”, उनले भने,“अब उत्तरी गोरखाका बासिन्दालाई आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्न पनि धेरै सहज हुने भएको छ ।”

    images
    images
    images

    सडक निर्माण भएसँगै यहाँ अहिले मोटरसाइकल तथा जिप चल्न थालेको छ । अब यहाँबाट गाउँपालिकाको केन्द्रसम्म हिँडेर आइपुग्न जम्मा आधा घण्टामात्र लाग्ने अध्यक्ष लामाको भनाइ थियो 

    images
    images

    “नाक्चेतबाट गाउँपालिकाको केन्द्रसम्म सडक पुर्याउनका लागि मोटररेबल पुल निर्माण गर्नुपर्ने अवस्था छ,” उनले भने, “त्यसका लागि माथिल्लो निकायमा पहल भइरहेको छ । यसअघि जगतसम्म नेपाली सेनाले बाटो पुर्याएको थियो । जगतबाट गाउँपालिकाको केन्द्रसम्म हिँडेर पुग्न दुई घण्टा लाग्ने गरेको थियो 

    नेपाली सेनाले निर्माण गरेको सडक शनिबार गाउँपालिका अध्यक्ष लामा र नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी विनोद पाण्डेले शुभारम्भ गरेका थिए ।

    गाउँपालिकाको केन्द्र नजिकै मोटरबाटो पुगेपछि स्थानीयवासी पनि खुसी भएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए । हाल नेपाली सेनाले बेनीघाट–रुइलाभज्याङ नाकाको सडकखण्ड खोल्ने काम गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाक्चेत
  • # पुग्यो मोटर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।