Logo

२०८३, कार्तिक २६गते


images
images

पोखरामा नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट रेस फेस्टिभल हुने

पोखरामा नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट रेस फेस्टिभल हुने

images
  • पोखरामा नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट रेस फेस्टिभल हुने
    images

    राजेश  पराजुली, पोखरा |   पर्यटकीय नगरी पोखरामा असार ८ र ९ गते नेपाल-चीन फ्रेन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने भएको छ ।

    images
    images
    images

    पहिलोपटक हुन लागेको यस फेस्टिभलको नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाले संयुक्त आयोजना गरेका छन् । पोखरा पर्यटन परिषद, नेपाल-चीन ओभरसीज एशोसिएसन सह आयोजकका रूपमा छन् ।

    images
    images
    images

    दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त फेस्टिबलका लागि नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितिमा बोर्डमा भएको हस्ताक्षर कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र नेपाल स्थित चिनियाँ दूतावासको तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
    यस प्रकारको वोट रेस फेस्टिभल दक्षिण एशियामै पहिलो पटक आयोजना गर्न चिनियाँ पक्षले जानकारी दिएको छ । रेसका लागि चीनबाटै आठवटा विशेषखालका वोटसहित अन्य सहभागी नेपाल आउने छन् । फेस्टिवलमा नेपालका सातवटै प्रदेशबाट सहभागिता गराइने छ ।

    हस्ताक्षर कार्यक्रममा बोल्दै पोखरामा मेयर धनराज आचार्यले यस प्रकारको कार्यक्रमले नेपालकै समग्र पर्यटनमा नयाँ आयाम थप्ने बताए ।बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले वोट रेस फेस्टिवलका माध्यमबाट पोखराको पर्यटकलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए ।

    दूतावासका प्रतिनिधि वाङजिनले चिनियाँ पर्यटकको लागि पोखरा आकर्षक गन्तव्य भएको बताउँदै यो कार्यक्रमका माध्यमबाट दुवै देशबीचको सांस्कतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल-चीन फ्रेन्डसीप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।