कृष्ण अन्जान,गुल्मी । थोर्गा बुटवल रुपन्देही गौतम सम्पर्क समाजको प्रथम अधिवेशनले तिलक राज गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
बिहिवार रुरुक्षेत्र गाउँपालिका ३ गौतमटोलमा आयोजित तेस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट सर्वसम्मत हुनुभएका अन्य पदाधिकारी हरुमा वरिष्ठ उपाध्यक्षमा रविलाल गौतम उपाध्यक्षमा कोपिला गौतम ,गोपाल गौतम ,कमल गौतम ,हुतराज गौतम ,रामचन्द्र गौतम ,महासचिवमा कमल प्रसाद गौतम सचिवमा ईश्वरी गौतम सहसचिवमा मधु गौतम ,कोषाध्यक्षमा शँकर गौतम र सह कोषाध्यक्षमा राम प्रसाद गौतम चयन भएका छन ।
यसै गरि कार्यसमितिको सदस्यमा अमृत गौतम ,अर्चना गौतम बिना गौतम ,शँभु गौतम ,हरी गौतम ,ओमनाथ गौतम ,तुलसा गौतम बरदान गौतम सर्वसम्मत चयन भएका छन ।
यस अघि अधिबेशनको उदघाटन सत्रमा बोल्दै रुरुक्षेत्र गाउँ पालिकाका पुर्व अध्यक्ष समेत रहेका गौतम समाजका अग्रज निलकण्ठ गौतमले थोर्गेली गौतम हरुको पहिचानका साथै सामाजिक क्षेत्रमा गौतम सम्पर्क समाजले सह्राहनिय काम गरेको बताए ।
अधिवेशनमा गोपाल गौतम ,बाबुराम गौतम ,नारायण गौतम ,खगेश्वर गौतम ,कबिता गौतम ,रामचन्द्र गौतम ,लक्ष्मण गौतम घनस्याम गौतमले आफ्ना धारणा राखेका थिए ।
अधिवेशनमा तिलक राज गौतमले अध्यक्षको प्रतिवेदन र ईश्वरी गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशनमा जेष्ठ नागरिकहरू लाई सम्मान गरिनुका साथै क्यालेन्डर बितरण गरिएको थियो ।
तिलक राज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शँकर गौतमले कार्यक्रम सन्चालन गरेका थिए ।
यसैबीच अत्रि गोत्रिय थोर्गेली गौतमहरुको कुलपुजा पनि बिहिवार नै सम्पन्न भएको छ ।स्थानीय जामुने पँधेरामा आयोजित कुलपुजा र सम्पर्क समाजको अधिवेशनमा भाग लिन बुटवल ,काठमाडौ ,नेपालगन्ज लगाएतका ठाउँबाट ठुलो सँख्यामा थोर्गेली गौतम बन्धुहरु गाउँ फर्केका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology