Logo

२०८३, कार्तिक २६गते


images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत

images
  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत
    images

    राजेश  पराजुली, पोखरा । पोखरा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिए ।

    images
    images
    images

    उनलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद गरी ३५ सांसदको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा नेकपा एमाले मत दिए । पाण्डेको विपक्षामा २२ मत पर्‍यो ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ सांसद भने तटस्थ बसे ।  विश्वासको मतका लागि मुख्यमन्त्री पाण्डेले दलको नेताका हैसियतमा ह्विप जारी गरेका छन् । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त पाण्डेले उपधारा (४) अनुसार विश्वासको मत लिन लागेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, माओवादीको ८ तथा एकीकृत समाजवादीको १ सिट छ ।
    माओवादीबाट सभामुख बनेका कृष्ण धितालल मतदान गर्न पाउँदैनन् । प्रतिपक्षमा रहेका एमालेसँग २२ र राप्रपासँग २ गरी २४ मत छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।