परासी। हाजिर भएको दुई दिनमै सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको सरुवा भएको छ। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ चैतमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो। गौतमले १७ वैशाखमा हाजिर गरि काम काज सुरु गरेका थिए । तर, दुई दिनमै अर्थात १९ बैशाखमा मन्त्रालयले गौतमलाई मुख्यमन्त्री कार्यालयमै यथावत राख्न पत्र पठाएपछि प्रमुख प्रशासकीय अधिकृत रुपामा आएका गौतम दुई दिन पनि टिक्न सकेनन् ।
यो हेर्नुहोस् रमेश गौतमको यथावत पत्र:

यता संघीय मामिला तथा प्रशासन मन्त्रालयले २२ चैतमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यलयमा काजमा खटाएका भक्तिराम मरासिनीलाई पुनः १९ बैशाखमा सुनवल नगरपालिकामा खटाएको छ । मरासिनीलाई काजमा मुख्यमन्त्रीको कार्यलयमा पठाएपछि मेयर आर्याल उनको फिर्ता माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धाउदै आएकी थिइन् । स्रोतका अनुसार हाल यथावत भएका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी एमाले निकट निजामती कर्मचारी सङ्गठनका गुल्मीका पूर्व अध्यक्ष हुन त्यसैले पनि मेयर आर्याल आफ्नो अनुकुल कामकाज सहज हुने भएकाले नगरपालिकाको काममा कम र मन्त्रालयमा बढी देखिँदै आएकी थिइन्।
रमेश गौतमको काजमा खटाइएको पत्र:

सोही मन्त्रालयले लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यलयमा कार्यरत रमेश गौतमलाई सुनवल नगरपालिकामा काजमा खटाएको थियो।
भक्तिराम मरासिनीको यथावत पत्र:

सुनवल नगरपालिकामा लामो समयदेखि प्रशासकीय अधिकृत टिक्न सकिरहेका छैनन् तर पछिल्लो समय सरुवा भएर आएका रमेश गौतमलाई आफू सँग सल्लाह नगरी कार्यलय हाजिर हुन आएको भन्दै नगर प्रमुख अर्यालले हाजिर नगर्न आदेश दिएकी थिइन् । प्रमुख अर्यालको सो कदमको चौतर्फी विरोध भएको थियो। विवादका बीच कार्यालयमा ४ बैशाखमा आएपनि गौतमले १७ बैशाखमा हाजिर गरेका थिए ।
आर्थिक वर्ष सकिने लाग्दा नगरबाट हुने योजना सम्झौता र बजेट निर्माण गर्ने समयमा मन्त्रालयबाट काममा प्रभावित हुने गरि प्रशासकीय अधिकृत सरुवा गर्दा नागरिकका काममा समस्या परेका छन्। स्थानीय सरकारका जनप्रतिनिधि काममा भन्दा कर्मचारी सरुवामा व्यस्त हुँदा नगरपालिकाको सेवा प्रभावित भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology